एमसीसीका कारण माओवादी र समाजवादी दुई चिरा, जनमोर्चा नेपाल सत्तावाट अलग हुँदै




काठमाडौ । अमेरिकी सहयोग एमसीसीलाई लिएर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी फेरी दुई चिरा भएको छ । पार्टी भित्रकै नेताहरुबीच सहमति जुट्न सकेन । उता समाजवादी अध्यक्ष माधव कुमार नेपालले बालुवाटारमा भएको गठबन्धनको बैठकमा एमसीसी संसदमा टेवल गर्न दिने सहमति गरे । उता सोही पार्टीका वरिष्ठ नेता झलनाथ खनालले विरोध गरे ।

खनाललाई गठबन्धन दलका प्रमुख नेताहरुको बैठकमा बोलाइएको पनि थिएन । त्यस्तै माओवादी केन्द्रमा पनि धाँजा फाटेको छ । जनमोर्चा नेपाल सत्ता गठबन्धनबाट अलग हुने अवस्थामा पुगिसकेको छ । गठबन्धनको बैठकमा माओवादीका नारायणकाजी श्रेष्ठलाई बोलाइएन । देउवाले जसरी पनि आज संसदमा एमसीसी टेबल गर्ने अड्डी कसेपछि प्रचण्ड लचिलो त बने तर उनका पार्टीकै नेताले असहमतिको लिखित पत्र दर्ता गराए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले ‘देश पैसासँग साट्न नसकिने’ बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अमेरिकी सहयोग परियोजना ९एमसीसी० सम्झौता संसद्मा टेबल नगरी खारेज गर्नुपर्ने बताइन् । ५५ अर्ब रुपैयाँको अगाडि देशको राष्ट्रियताको सवाल जटिल बन्दै गएको भन्दै उनले नेपालको संविधानमाथि हुने एमसीसी मान्य नहुने बताइन् ।

“यो सहयोग हो भने विगतमा पनि अमेरिकाले दिएको छ । तर, सदनबाट पास गर्ने व्यवस्था थिएन । आज किन सभाबाट पास गर्नुपर्ने बाध्यता भयो त ? ” उनले प्रश्न गरिन् । देश रहे नेपाली रहने भन्दै उनले देश नरहे पार्टीको अस्तित्व पनि नरहने बताइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्