दीपिका पछि आलिया माथि खनिइन् कंगना, भनिन् मूमी माफियाकी छोरी




एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौट अब फेरी आलिया भट्ट माथि खनिएकी छन् । उनको नयाँ फिल्म गंगुवाई काठियावाडी रिलिज हुने दिन नजिकिदै गर्दा उनले आलियालाई मूभी माफियाकी छोरी भनेर कमेन्ट गरेकी छन् । उनी बारम्बार आफ्ना विवादित अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् । केही समयअघि उनले फिल्म गहराइयाँलाई लिएर दीपिका पादुकोण माथि पनि टिप्प्णी गरेकी थिइन् ।

आलिया भट्टलाई उनले मूभि माफियाकी छोरी बताएकी छन् । कंगनाले इन्स्टाग्राममा एक पोस्ट गर्दै बलिउड चलचित्र उद्योग मूभि माफियाको घेराबन्दीमा रहेको उल्लेख गरेकी छन् । उनी धेरै अघि देखि नै बलिउड फिल्म क्षेत्र नातावादमा घेरीएको बताउँदै आएकी थिइन् । उनले शुसान्त सिंह राजपुत पनि त्यसैको शिकार भएको बताउँथिन् ।

आलिया अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’ रिलिजको संघारमा छ । कंगनाले यो शुक्रबार २०० करोड भारु बक्स अफिसमा पानीमा मिल्ने समेत दाबी गरेकी छन् । सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको ‘गंगुबाई काठियावाडी’ आगामी शुक्रबार रिलिज हुँदैछ । यो चलचित्रमा आलिया र अजय देवगणको मुख्य भूमिका रहेको छ ।

कंगनाले लेखेकी छन्, ‘बाबु ९मूभि माफिया०की परी, जसको साथमा बेलायती पासपोर्ट छ । किनाि, बाबु यो सावित गर्न चाहन्छन् कि रम कम बिंबो अभिनय गर्न सक्छिन् । शुक्रबार आउने फिल्मको सबैभन्दा झुर कास्टिङ छ । यसमा हैरानीको कुरा छैन किनभने अब स्क्रिन हलिउड र साउथतर्फ जाँदैछ ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्