एमसिसीको विरोध गर्ने भए भीम रावलले पहिले ‘राष्ट्रघाती केपी ओली मुर्दावाद’ भन्नुपर्छ: गगन थापा




काठमाडौ ।

संसद र सडकमा विरोधका बावजुद आइतवार एमसीसी संसदमा टेवल भएको छ । नेकपा एमालेका सांसदको विरोध गरिरहेको बेलामा एमसीसी टेबल भएपछि केही माओवादी केन्द्र र एकिकृत समाजवादीका केही सांसद पनि विरोधमा उत्रिएका थिए । तर पनि संसदमा यो विषय टेबल भएको हो ।

संसद भवनवाट वाहिरिएका नेपाली कांग्रेसका महामन्त्री तथा सासंद गगन थापाले अब एमसिसी पास हुने बताएका छन् । एमसीसी संसदमा पेश हुँदा समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा एमालेका नेता भीम रावलले धेरै विरोध गरेका थिए । त्यो कुरालाई लिएर महामन्त्री थापाले एमसीसीको विरोध गर्ने हो भने सुरूमा केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालविरूद्ध नाराबाजी गर्नुपर्ने बताएका छन्।

उनले एमसिसीलाई तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकारले संसदमा ल्याएको बताएका छन् । त्यती बेलाको मन्त्रीपरिषदले ल्याएको प्रस्ताव अहिले संसदमा मात्र पेश भएको बताए । एमालेकै सरकारले ल्याएको एमसीसी राष्ट्रघाती हो भने उनै नेता विरुद्ध नारावाजी हुनुपर्ने तर्क नेता थापाको थियो ।

‘उनले संसद भवन वाहिर पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै भने, आज नेपाल सरकारले जुन प्रस्ताव टेबल गरेको छ। यो नेकपाको सरकार मन्त्रिपरिषद्ले पारित गरेको प्रस्ताव आज टेबल भएको हो। यो प्रस्ताव राष्ट्रघाती भन्ने हो भने सबैभन्दा पहिला भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती र मुर्दावाद हो भनेर संसदभित्र नारा लगाउने हिम्मत गर्नुपर्छ ।

यो प्रस्ताव राष्ट्रघाती हो भनेर भन्ने हो भने, पुष्पकमल दाहाल र माधव नेपाल मुर्दावाद भनेर पार्टीकै सासंदहरूले नाराबाजी गर्नुपर्छ। त्यसपछि मात्रै उहाँहरूले यसका बारेमा कुरा राख्नुपर्छ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्