एमसीसीकै कारण पार्टी फु’ट्छ भन्ने मलाई लाग्दैन : रामकुमारी झाँक्री




काठमाडौं :

नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमार झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी न’फु’ट्ने दाबी गरेकी छन् ।

संसदमा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाएसँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा सचिव झाँक्रीले पार्टी वि’भाजन नहुने दाबी गरेकी हुन् । एमसीसी पेस गर्ने विषयमा अध्यक्ष माधवकुमार नेपालको पनि सहमति थियो ।

तर, एमसीसीकै कारण नेकपा एस विभाजन नहुने भन्दै झाँक्रीले भनिन्, ‘ एमसीसीकै कारण पार्टी फु’ट्छ भन्ने मलाई लाग्दैन ।’

एमसीसी विरोध प्रदर्शन, अखिल क्रान्तिकारीकी अध्यक्ष सिंह घाइते

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन् । एमसीसीको विरोध प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् ।

प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो विरोध प्रदर्शनमा सहभागी भएकी उनी घाइते भएकी हुन् ।

एमसीसीको विरोधमा नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्