मन्त्री आलेको एक्सनका कारण उठ्यो झण्डै ७७ करोड राजश्व




काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मन्त्री भए लगत्तै एक्सनमा उत्रिए । उनले सरकारलाई रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गरे । राजश्व नतिर्नेहरुर्लाइ लाइसेन्स खारेज गर्ने चेतावनी दिए । सरकारलाई तिर्नुपर्ने राजश्व नतिरेर करोडौंको कारोवार गरेका ब्यवसायीहरु अहिले भने ठेगानमा आएका छन् ।

केही क्यासिनोको लाइसेन्स खारेज भएपछि अहिले धमाधम राजश्व उठ्न थालेको छ । आले मन्त्री भए यता झण्डै ७७ करोड रुपैया राजश्व उठेको छ । पर्यटन विभागका अनुसार अहिलेसम्म १७ वटा कम्पनीले रोयल्टीबापत तिर्नुपर्ने बक्यौता रकम बुझाएका छन् । सेन्ट्रल मिडिया प्रालिले पाँच करोड रुपैयाँमध्ये चार करोड बक्यौता बुझाइसकेको छ ।

आले मन्त्री भएर आएपछि सरकारको खातामा ७६ करोड ४५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्नू भन्ने मन्त्रीको आदेशपछि अहिले क्यासिनो सञ्चालकले धमाधम रोयल्टी तिर्न थालेको मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौँसम्म पनि नतिर्ने काठमाण्डौको दरबाारमार्गमा रहेको होटेल याक एन्ड यतीको लाइसेन्स खारेज भएको छ । मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालको तीनपुस्ते विवरणसमेत सार्वजनिक गरेको छ । अब ६ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्