आ-णविक सामाग्री बेचेको आरोपमा नेपालमा समातिएका २ भारतीयहरू




नेपाल प्रहरीले युरेनियम तस्करी र उक्त पदार्थको अ-वैध कारोबार गरेको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपेन्द्रकुमार मिश्र र राजु ठाकुर नामका दुई भारतीय नागरिक पनि रहेका थिए । नेपाल प्रहरीले काठमाडौँको बाहिरी भागमा रहेको पाँचतारे होटेलको पार्किङ स्थलमा रहेको कारबाट ‘युरेनियमजस्तो पदार्थ’ बरामद गरेपछि उनीहरूलाई पक्राउ गरिएको थियो ।

देशको राजधानी काठमाडौँको बाहिरी भागमा रहेको पाँचतारे होटेलको पार्किङ स्थलमा रहेको एउटा कारबाट नेपाली प्रहरीले ‘युरेनियमजस्तो पदार्थ’ बरामद गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । यस समाचारलाई लिएर विभिन्न सञ्चार माध्यमहरूले भारतीय पक्षलाई निशाना गर्दे समाचार प्रेषित सम्म गरेको पाइएको थियो ।

प्रहरीले प्रारम्भिक पक्राउ गरेको जानकारीका आधारमा पार्किङ गरिएको गाडीबाट दुई जनालाई नियन्त्रणमा लिएको थियो भने अन्य ६ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो। उक्त पदार्थ भारतबाट नेपाल ल्याएर प्रतिकिलो करिब ३५ करोड रुपैयाँमा कालोबजारीमा बिक्री गर्ने गरेको सम्म आरोप लगाइएको थियो ।

तर पछि जाँच गर्ने क्रममा उक्त आणविक जस्तो देखिने पदार्थ कुनै आ-णविक प-दार्थ नभई फरक प्रकारको पत्थर रहेको पत्ता लागेको हो । भारत र नेपालमा प्राचिनकाल देखि नै यस्ता फरक खाले बहुमूल्य पत्थरहरूको बेचबिखन हुने र यस्ता पत्थरहरू ज्योतिष शास्त्र अनुरूप ग्रह गौचर र दोष दशा शान्त गराउन प्रयोग गर्ने चलन छ । बिना कुनै जाँचबुझ आ-णविक पदार्थ बे-चबिखन भनेर भारतीय पक्षको नाम र साखमा खेलबाड गरिएको त हैन ? प्रश्नको विषय भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्