भाउजुले दोहोर्‍याएर स-म्बन्ध राख्न नमानेपछि ……




काठमाडौँ :

जिल्लाको बाडगंगा नगरपालिका १० सोनपुरका ४० वर्षी शम्भु लोनियालाई प्रहरीले पक्राउ गरेको हो। उनी सोही ठाउँकी भाउजु नाता पर्ने ६० वर्षीया यसोदा लोनियाको ह’त्यामा सं’ल’ग्न भएको प्रहरीको भनाइ छ।

गत मंसिर १० गते यसोदाको ह’त्या भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ। यसोदा एकल महिला हुन्। यसोदा लोनिया २०७८ मंसिर ११ गते दिउसो ४ बजे आफ्नै घर भित्र मृत फेला परेकी थिइन् । उत्तानो अवस्थामा पेट माथि रातो टर्चलाइट राखेको, रातो बुट्टेदार धोती एक छेउ कम्मरको भागमा र अर्को छेउले मृतको घाँ’टी’मा २ फन्को पारी बे’री बाहिरबाट नरिवलको डो’रिले गाँ’ठो पारि बाँ
धे’को र कम्बर भन्दा तल्लो भाग नग्न अवस्थामा उनी फेला परेकी थिइन्।

ह’त्या ग’रि’एको अवस्थामा फेला परेपछि नेपालगञ्जबाट प्रहरीको तालिमप्राप्त कुकुर झिकाइ अनुसन्धान गरेको थियो। मृतकको भजाइनल स्वाव र भिसेरा लगायतका नमुना संकलन गरि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको थियो।

घट्नाको छानविनको लागि इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाका प्रहरी निरिक्षक केशवराज ज्ञावलीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको थियो।

गठित समितिले मिसिल सं’ल’ग्न कागजातहरु अध्ययन गर्नुका साथै घटनामा संलग्न हुनसक्ने सम्भावित व्यक्तिहरुको पहिचान गर्न थाल्यो । जस अनुसार गत फागुन ५ गते शम्भु लोनियासँग सोधपुछ गर्दा उनले यसोदाको ह’त्या आफूले गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ।

‘उनलाई हामीले पहिलेदेखि नै निगरानीमा राखेका थियौँ,’ कपिलबस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले भने, ‘ह’त्यामा सं’ल’ग्न भएको यकिन भएपछि पक्राउ गरेका हौँ।’

अभियुक्तको बयान अनुसार मंसिर १० गते बेलुका शम्भुले म’दि’रा से’व’न गरि पत्नी मनिकला लोनियासँग विबाद गरेका थिए । विवादपछि पत्नी माइत गएकी थिइन्। शम्भु राती ९ बजे भाउजु यशोधा लोनियाको घरमा गए।

भाउजुसँग एक पटक सहमतीमै शा’री’रिक स’म्प’र्क ग’रे’को र केही वेरपछि पुन ग’र्न लाग्दा इन्कार गरि चिच्याएर हल्ला गर्छु भनेपछि आफूले दुबै हातले घाँ’टी थि’चे’को उनले प्रहरीलाई बताएका छन्।

५ मिनेट जति घाँटी थिचिराख्दा शरिर लल्याक–लुलुक भएको र पुनः व्युझिएर हल्ला गर्न नसकोस भनि धोतिले घाँटीमा २ फन्को वेरी बाहिरवाट डोरीले बाँधी दुवै हातलाई टाउको माथि लगी नाईलनको डो’रीले बाँ’धेको उनले बयानमा भनेका छन्।

पक्राउ परेका शम्भु उपर कपिलवस्तु जिल्ला अदालतवाट कर्तव्य ज्यान मुद्दामा दिन ५ म्याद थप गरी थप अनुसन्धान अघि बढाएको भण्डारीको भनाई छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्