हिड्दाहिड्दै तम्घासमा मृत भेटिए अर्घाखाँचीका गन्धर्व




अर्घाखाँची :

अर्घाखाँचीका एक व्यक्ति गुल्मी सदरमुकाम तम्घासमा मृत अवस्थामा फेला परेका छन् । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका-९ अर्घाका ६० वर्षीय मनबहादुर गन्धर्व तम्घासकाे जिपपार्कमा मृत अवस्थामा भेटिएका हुन् ।

साेमबार बिहान मृत अवस्थामा भेटिएका उनकाे पहिचान भइसकेकाे र अर्घाखाँचीबाट उनका आफन्त आएपछि शव आफन्तलाई बुझाइने गुल्मी प्रहरीले जनाएको छ । अहिले शवलाई गुल्मी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं प्रहरी उपरीक्षक गाेपालचन्द्र भट्टराईले जानकारी दिए।

यो पनि, राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा रहेका विद्युत्का खम्बा नहटाइँदा काममा ढिलाइ भएको छ । यस वर्ष गैँडाकोटको भेँडाबारी (गैँडाकोटबाट ११ किमी पश्चिम)बाट देवचुलीको प्रगतिनगरसम्म १० किमी सडक कालोपत्र गर्ने योजना भए पनि विद्युत्को खम्बाले समस्या परेको जनाइएको छ ।

“बस्ती क्षेत्रमा छ लेनको सडक बनाउने ठाउँमा विस्तार भएको सडक कालोपत्र गर्ने योजना रहेको छ”, नारायणगढ बुटवल सडक आयोजना (पूर्वी खण्ड)का प्रमुख रमेशकुमार दिष्टीले भन्नुभयो, “त्यो ठाउँमा विद्युत्को खम्बा सार्ने काममा ढिलाइ भइरहेका कारण कामसमेत प्रभावित भएको छ ।” सडक किनारमा बस्ती क्षेत्र हुँदै ३३ केभी, ११ केभी र विद्युत्को वितरण लाइनसमेत गएको हुँदा खम्बा सार्नै समस्या भएको आयोजना प्रमुख दिष्टीले बताउनुभयो ।

“सडक विस्तारसँगै कालोपत्र गर्ने भनिएको ठाउँमा दुई लाइन खम्बा गाड्नै समस्या छ”, दिष्टीले भन्नुभयो, “दुई वटा खम्बाका बीचमा कम्तीमा पनि चार मिटर ग्याप चाहिन्छ, त्यसैले त्यो ठाउँमा समस्या छ ।” नयाँ खम्बा गाड्न र पुराना खम्बा हटाउन समस्या भइरहेको दिष्टीले बताउनुभयो ।

“हामीले नेपाल विद्युत् प्राधिकरणसँग समस्याको समाधान मागिरहेका छौँ, त्यो ठाउँमा भएका पुराना खम्बा नहटाइँदा कालोपत्र गर्नै समस्या भएको छ”, दिष्टीले भन्नुभयो, “खम्बा सार्ने काम त हामीले नै गर्ने हो तर विद्युत् प्राधिकरणले लागत अनुमान दिएअनुसार काम गर्नुपर्छ, उहाँहरुले पहिले दिनुभएको लागत अनुमानअनुसार काम गर्न अप्ठ्यारो भयो ।” ३३ केभीको प्रसारण लाइन एउटा खम्बामा र ११ केभीको प्रसारण लाइन अर्कोमा राख्नेगरी लागत अनुमान गरिएको भए पनि दुई खम्बा गाड्न समस्या भएको सडक विस्तार आयोजनाले जनाएको छ ।

“यस क्षेत्रमा दुई वटा लागत अनुमान गाड्नेगरी लागत अनुमान भएको थियो, तर अहिले एउटा खम्बा मात्रै गाड्न सम्भव भएको छ”, दिष्टीले भन्नुभयो, “लागत अनुमानअनुसार काम गर्न ठाउँ भएन, हामी खम्बा गाड्न तयार छौँ तर उहाँहरुले काममा सहजीकरण गरिदिनुप¥यो ।” एउटै खम्बामा सबै तार कसरी लैजान कसरी मिल्छ त्यो विषयमा विद्युत् प्राधिकरणले भनिदिएको खण्डमा काम चाँडो हुने दिष्टीले बताउनुभयो । विद्युत् प्राधिकरणले दिएको लागत अनुमानअनुसार काम गर्न नसकिएपछि प्राधिकरणसँग दुई÷तीन चरणको छलफल भइसकेको भए पनि प्राधिरकरण बाटो फुकाउनतिर नलागेको दिष्टीले गुनासो गर्नुभयो ।

एक महिनामा २.५ प्रतिशत प्रगति

आयोजना प्रमुख दिष्टीकाअनुसार सडक विस्तारको काममा पछिल्लो एक महिनामा २.५ प्रतिशत प्रगति देखिएको छ । जनवरीसम्म करिब १० प्रतिशत काम भएको पूर्वी खण्डमा अहिले १२ प्रतिशतभन्दा बढी काम भएको दिष्टीले जानकारी दिनुभयो । सो सडकखण्डको गैँडाकोटदेखि दाउन्नेसम्म नै सडक विस्तारको काम भइरहेको उहाँले बताउनुभयो ।

“अहिले सडक विस्तारको काममा दैनिक करिब ७०० को हाराहारीमा मजदुर प्रयोग भइरहेका हामीले जानकारी पाएका छौँ”, आयोजना प्रमुख दिष्टीले भन्नुभयो, “अहिले धेरै जनशक्ति पुल निर्माणमा जुटेको छ ।” पूर्वी खण्डमा छ वटा ठूला पुल निर्माणको काम भइरहेको उल्लेख गर्दै उहाँले पुल निर्माणका लागि फाउण्डेशनको काम भइरहेको जानकारी दिनुभयो । त्यस्तै यस खण्डमा निर्माण हुने २२ साना पुलमध्ये १५ पुलमा निर्माणको काम भइरहेको दिष्टीले जानकारी दिनुभयो ।

“पूर्वी खण्डमा निर्माण हुने २२ साना पुलमध्ये दुई वटाको निर्माण सम्पन्न भइसकेको छ, आठ वटामा सुपरस्टकचर (पुलको माथिल्लो भाग ढलान)को काम सम्पन्न भएर माटो भर्ने काम हुँदैछ”, उहाँले भन्नुभयो, “बर्खा अगाडि १५ वटै पुल निर्माणको काम सक्न निर्देशन दिएका छौँ ।” अन्य नयाँ पुल निर्माणको काम सुरु नगरी निर्माण सुरु गरिएको पुलको काम सम्पन्न गर्न निर्देशन दिइएको दिष्टीले बताउनुभयो । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक विस्तारको काम भइरहेको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्