कोहलपुर चौराहामा ड्युटीमा रहेका प्रहरीमाथि ट्रक प-ल्टियो, एक महिला प्रहरीको मृत्यु




काठमाडौं :

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहमा आइतबार राति ट्रक प’ल्टी’दा च्या’पि’एर डियुटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता वि.सि रहेकी छन् ।

चौराहामा आइतबार राति १० बजेको समयमा तिव्र गतीको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको थियो । ट्रक चौराहाको पश्चिम क्षेत्रमा ड्युटीमा खटिएकी एक महिला प्रहरी जवानमाथि नै परेको थियो । उनीलाई पल्टिएको ना ३ ख ६४३६ नम्बरको ट्रकले सडक छेउमा रहेकी प्रहरी जवानमाथि परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

पूर्वबाट नेपालगन्ज जाँदै गरेको तीव्र गतीको ट्रक सुरुमा दक्षिणमा रहेको डि’भाइडरमा ठो’क्कि’एको थियो । डिभाइडरमा ठो’क्कि’एको ट्रक पश्चिमको सडक छेउमा रहेकी प्रहरी जवानमाथि आएर पल्टिएकोथियो ।मृ’त्यु हुनेमा ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्री रहेकी छिन् । ३६ वर्षीया उनको घर बर्दियाको ठाकुरबाबा नगरपालिका– ७ मा रहेको कोहलपुर प्रहरीले जनाएको छ । ट्रक चालक बबई गाउँपालिका– ६ दाङका लोकराज केसीले म’दिरा सेवन गरेको प्रहरीले जनाएको छ ।

घाइते भएकी वि.सिको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो । गएराती १० बजे भएको सवारी दुर्घटना लगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्