बर्दियामा ट्रकको ठ-क्करबाट बालकको मृत्यु




काठमाडौं :

बर्दियाको राजापुर नगरपालिका–४ छेदियामा आज ट्रकको ठ-क्करबाट एक बालकको मृत्यु भएको छ । स्थानीय पुनाराम थारुका ३ वर्षीय छोरा सोनमको मृत्यु भएको हो ।

ट्रकको ठ-क्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो । सोमबार बिहान ११ बजे बालकलाई भे १ क १३९६ नम्बरको ट्रकले ठ-क्कर दिएको थियो । सवारी साधन सहित चालकलाई ईलाका प्रहरी कार्यालय राजापुरले नियन्त्रणमा लिएको छ ।

यो पनि,  मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो विद्यावारिधिको उपाधि पूर्णमान श्रेष्ठले हासिल गर्नुभएको छ । व्यवस्थापन सङ्काय डीनको कार्यालयअन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा प्रथम ब्याचका शोधार्थी श्रेष्ठले उपाधि हासिल गर्नुभएको हो ।

सुर्खेतको वीरेन्द्रनगर– ५ निवासी उहाँ विश्वविद्यालयकै व्यवस्थापन केन्द्रीय क्याम्पसमा सहप्राध्यापक हुनुुहुन्छ । उहाँले नेपाली कम्पनीहरुको शेयरको प्रतिफलमा फर्मको विशेषता र म्याक्रो इकोनोमिक चरहरुको प्रभाव विषयमा विद्यावारिधि गर्नुभएको हो । श्रेष्ठले विद्यावारिधिका लागि विश्वविद्यालय अनुदान आयोगबाट पूर्ण छात्रवृत्ति प्राप्त गर्नुभएको थियो । विश्वविद्यालयले पहिलोपटक २०७५ जेठमा विद्यावारिधिका लागि भर्ना आह्वान गरेको थियो ।

व्यवस्थापन सङ्कायका डिन प्रा डा दीपबहादुर रावलको अध्यक्षतामा सम्पन्न सोध भाइभा डिफेन्समा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहेको थियो । डीन कार्यालयका अनुसार सोध भाइभामा प्रा डा नारायणप्रसाद पौडेल, पूर्वमूल्याङ्कनकर्ता प्रा डा राधेश्याम प्रधान, शोध निर्देशक प्रा डा राजनबहादुर पौडेल, शोध सहनिर्देशक प्रा डा पुष्कर बज्राचार्य, बाह्य शोध मूल्याङ्कनकर्ता प्रा डा अञ्जनीकुमार मालवीय, बाह्य शोध मूल्याङ्कनकर्ता प्रा डा सदाय हमाल, प्रा डा चन्द्रप्रसाद रिजाल, अनुसन्धान समिति सदस्य डा अमृतकुमार शर्मा गैरेको उपस्थिति रहेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्