एमसीसीले एकीकृत समाजवादीमा रडाको, सचिवालय बैठक समेत रोकियो




काठमाडौ । अमेरिकी सहयोग एमसीसीलाई लिएर पार्टी भित्र तिब्र विवाद भएपछि नेकपा एकीकृत समाजवादीले बोलाएको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष माधव कुमार नेपालले एमसीसी संसदमा टेबल गर्न प्रधानमन्त्री शेरवहादुर देउवालाई सहमति दिएपछि पार्टी भित्र विवाद उत्पन्न भएको हो ।

सो पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष नेपालको सो कदमको विरोध गरेका थिए । उनले एमसीसीलाई राष्ट्रघाती भन्दै भएका छन् । विवाद मिलाउन सोमवारदिउँसो एक बजे बोलाइएको बैठक भोलि बस्नेगरी स्थगित भएको हो ।

शनिबारको स्थायी कमिटी बैठकले एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ । तर सचिवालय बैठक स्थगित गरेर अध्यक्ष माधवकुमार नेपाल र सम्मानित झलनाथ खनालबीच छलफल चलिरहेको छ ।

पूर्वप्रधानमन्त्री खनालले सोमबार एमसीसी संसदमा पेश हुँदा विरोध जनाएका थिए । खनालले एमसीसी पेश गर्न दिने पार्टी निर्णय नभएको प्रतिक्रिया दिएका छन् । तर अध्यक्ष नेपालको सहमतिमै सरकारले सोमबार एमसीसी संसदमा पेश गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्