विवाहमा भएको विवादले लियो उग्र रुप, एक युवकको मृत्यु




काठमाडौ । विवाहमा भएको विवादले उग्र रुप लिँदा एक जनाको निधन भएको छ । विवाहमा नाचगानलाई विवाद भएको हो । विवादले उग्र रुप लिएपछि झ ड प भएको थियो । घटनामा एक जनाको मृत्यु भएको छ।

कैलालीको भजनी नगरपालिका(९ स्थित विवाहमा भएको झ ग डामा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरीको आइतबार राति मृत्यु भएको हो। प्रहरीका अनुसार विवाहमा बसन्तसहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदीप कार्की, २५ वर्षीय दीपक अवस्थीलगायतका व्यक्तिहरू नाचगान गर्ने क्रममा विवाद भएको थियो। विवादपछि उनीहरुबीच झ ड प समेत भएको थियो।

झ ड पमा कुटपिटबाट गम्भीर घाइते भएका बसन्तको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेज कोहलपुरमा उपचार गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले कुटपिटमा संलग्न ४ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्