तीन महिनादेखि रेष्टुरेन्टमा ब-न्धक बनाइएका तीन किशोरीको उद्धार




धनगढी :

कैलालीको धनगढीस्थित रेष्टुरेन्टमा ब-न्धक बनाएर राखिएका तीन किशोरीको उद्धार गरिएकाे छ । धनगढीकाे मुख्यबजारमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन महिनादेखि बन्धक बनाएका ती किशोरीहरूको साेमबार उद्धार भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले उनीहरूलाई तीन महिनादेखि ब-न्धक बनाएर राखेको सूचना पाएपछि छनबिन सुरु गरेको बताए । उनका अनुसार काम गराउने भनेर तीन महिनाअघि रेष्टुरेन्टमा राखिएका किशोरीलाई काम मात्रै गराउने तर तलब नदिने र बाहिर निस्कन पनि नदिएको गरेको गुनासोपछि छानबिनन गरिएको हो ।

किशोरीहरूलाई ब-न्धक बनाएको आरोपमा रेष्टुरेन्टका सञ्चालकसहित तीन जनालाई पक्राउ गरिएको छ । रेष्टुरेन्टमा युवतीहरूलाई बन्धक बनाएको भन्ने उजुरी मानव अधिकारसम्बन्धी संस्थाले दिएको प्रवक्ता जोशीले बताए । किशोरीहरूले यौ-नशो-षण भने नभएको बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्