घाँस दाउरा गर्न जंगल गएका स्थानीयले स-डेको अवस्थामा शव देखेपछि…….




उदयपुर :

उदयपुरमा स’डे’को अवस्थामा एक पुरुषको शव फेला परेको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ टोड्के १४ किलो भन्ने ठाउँमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान अन्दाजी ८ बजे सिद्धिचरण राजमार्गबाट झण्डै ३० मिटर तल भीर पाखामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय उयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए । घाँस दाउराका लागि जंगल पसेका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।

शव फेला परे पनि अनुहारको भाग किरा र औँसा परेर नचिनिने भएपछि थप पहिचानका लागि प्रहरीले हुलीया सहित तस्वीर सार्वजनिक गरेको छ । जस अनुसार मृतकले निलो आकशे रङ्गको जरीकोट (स्टकोट), गुलाबी रङ्गको पूरा बाहुले सट, निलो रङ्गको भेष्ट, कालो सफ्ट जिन्स पाइन्ट लगाएका छन् ।

त्यस्तै खैरो रङ्गको गलबन्दी घाँटीमा बेरेका छन् । मोटो शरीर ५ फिट ५ ईन्च उचाई, कपाल छोटो केही फुलेको अनुहारमा बाक्लो छोटो दारी छ । उमेर भने अन्दाजी ५० देखि ५५ वर्ष बीच अनुमान गरिएको प्रहरीले जनाएको छ । हातको कान्छी औला केही सानो भई मा’सु टा’सि’एर हत्केला तिर नुहीएकाले औँ’ला सी’धा न’हुने हुलीया इलाका प्रहरी कार्यालय कटारीले सार्वजनिक गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्