“रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँची” को जिल्ला प्रमुखमा लिल ब. बि .क चयन




हरि कुँवर , अर्घाखाँची ।

नेकपा (एमाले) काे महत्त्वपूर्ण विभाग मानिने “रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँची” को प्रमुखमा लिलबहादुर बि.क. चयन भएका छन् ।

वि.क. २०५४ सालदेखि अनेरास्ववियुमा संगठित भई २ कार्यकाल अनेरास्ववियुकाे केन्द्रीय सदस्य समेत भैसकेका छन् । संगठन निर्माण र ब्यवस्थापनमा विशेष दखल राख्ने उनी पार्टी क्षेत्रीय कमिटी सदस्य, उपसचिव हुँदै साताैं जिल्ला अधिवेशन २०६९ सालदेखि एमाले जिल्ला कमिटीमा संगठित भएका थिए । नेकपा अबधिमा कार्यालय सचिव र संगठन विभाग सचिव भएका उनले अहिले संगठन विभाग प्रमुखकाे जिम्मेवारी प्राप्त गर्न सफल भएका छन् ।

पछिल्लो समय वि.क ले परिवारको प्रवाह नगरी पार्टीको काममा दिनरात नभनि खटिएका थिए । संगठन बिभाग संगै कार्यालय सचिवकाे समेत जिम्मेवारी प्राप्त गरेका उनीले नेकपा (एमाले) काे कान्छाे जनसंगठन रिटर्नी फेडेेरेशन नेपालकाे ईन्चार्ज समेतकाे जिम्मेवारी पाएका हुन ।

रिटर्नी माइग्रेन्ट नेपालकाे स्थापनामा समेत याेगदान पुराएका उनी फेडेरेशनकाे जिल्ला ईन्चार्ज बनेपछि रिटर्नीहरू समेत खुशि भएका छन् । नेकपा (एमाले) काे नियमावली अनुसार पदाधिकारी र कार्यालय सचिव रहेकाे जिल्ला कार्यालय गठन हुने ब्यवस्था अनुसार नेकपा (एमाले) काे जिल्ला कार्यालय सदस्य समेत रहेका छन् ।

प्रथम पुर्ण बैठकले जिल्ला कमिटी सदस्यहरूकाे कार्यविभाजन आगामी कार्ययाेजना निर्माण गर्दै सम्पन्न भएकाे थियो । जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता, केन्द्रीय कमिटी सचिव टाेप बहादुर रायमाझी प्रमुख अतिथि, केन्द्रीय कमिटी सदस्य जिल्ला ईन्चार्ज चन्द्र बहादुर खड्का, सह-ईन्चार्ज चेतनारायण आचार्य, केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, प्रदेश कमिटी सदस्यहरू जनार्दन खनाल, कुटमदिन अलि, जीवनारायण काेइराला, दल बहादुर भट्टराई, प्रकाश ज्ञवाली, केवी भुसाल लगाएतकाे उपस्थितिमा सम्पन्न भएको हो ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्