पल शाहले भने समिक्षा गर्भवती थिईन (अडियो सहित)




काठमाडौं :

पछिल्लो समय अभिनेता पल शाह चर्चाको केन्द्रमा छन् । उनको चर्चाको बिषयमा फिल्म, म्युजिक भिडियो अभिनयदेखि प्रेम र रोमान्स बन्ने गरेको छ । अभिनयको कुरा गर्ने हो भने उनका दैनिकजस्तो एक म्युजिक भिडियो सार्वजनिक हुने गरेका छन् । फिल्म भने उनको ‘म यस्तो गीत गाउँछु’ केही दिनपछि अर्थात १३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म तथा म्युजिक भिडियोका कारणले उनी दैनिक जसो मिडिया अन्तर्वार्तामा पुग्छन् ।

उनी जहाँ पुग्छन्, त्यहाँ उनको र गायिका समिक्षा अधिकारीको सम्बन्धको प्रश्न तेर्सिने गरेको छ । त्यसैले क्रेज बढाउने उदेश्यले मिडिया पुग्ने उनलाई खस्किएको क्रेज जोगाउनै धौ धौ छ । पल र समीक्षाको चर्चा गर्दा केही अगाडि अथार्त गत कात्र्तिकमा फर्किनुपर्ने हुन्छ । सो समय पल र समीक्षाबीच अ’न्तर’ङ्ग स’म्ब’न्ध रहेको गसिफको आ’गो मिडियामा बोलेको थियो । उक्त आ’गो केही मत्थर पार्ने काम समीक्षाले गरेकी थिइन् । उनले सो समय भनेकी थिइन्, ‘पल आफ्नो अभिभावक हो ।’

तर केही समयपछि समीक्षाले फेरि अर्काे स्टाटसमार्फत पलसँगको गसिफको आगो पुन प्रज्वलित गरिन् । यो समय उनले भनिन्, ‘पलसँगका आफ्नो वास्तविक यथार्थ बाहिर ल्याउँछु । पल अभिभावक भएको स्टाटस कसैको अनुरोधमा लेखेकी थिएँ ।’

उनको यस्तो भनाइपछि पल विरुद्ध समीक्षा अब अगाडि आउने चर्चा चल्यो । यसैबीच उनी पोखर पुगिन् । पल पनि आफ्ना नजिकका साथीभाइ र पत्रकार लिएर पोखरा पुगेको र सम्झाएको गसिफ मिडियामा छाए । शनिबार भने पल र समीक्षा फरक टेलिभिजनको अन्तर्वार्तामा प्रस्तुत भए । उनीहरुको अन्तर्वार्ताको उदेश्य दुबै टेलिभिजनको पल र समीक्षा बीचको गसिफको रहस्य बाहिर ल्याउनु थियो । तर त्यो रहस्य भने बाहिर आएन ।

अन्तर्वार्ता समीक्षाले निकै सजकका साथ पलसँगको प्रसंग पन्छाइरहिन् भने पलले समीक्षा आफ्नै टिमको सदस्य र सामान्य सम्बध रहेको बताए । उनले भने, ‘समीक्षासँगको आफ्नो सम्बन्ध जोडेर बदनाम गर्न एक गिरोह लागेको छ ।’ हुन त हालै केही मिडियामा पलको धेरै केटीसँग सम्बन्ध रहेको समाचार पनि आइसकेको छ । ती सम्बन्धका समाचार प्रमाण सहित बाहिर आएका छन् । समीक्षासँगको सम्बन्ध गिरोहका खेल भएको बताउने पलले धेरै केटीसँगको सम्बन्धको बिषयमा भने बोल्न बाँकी छ ।

अहिले एउटा युटुव च्यानलमा पल र समिक्षाको बारेमा गोप्य भिडियो सार्वजनिक भएको छ । यो भिडियो पछि फेरी मिडियामा चर्चा हुन् सुरु भएको छ । समिक्षाले पनि आफ्ना सबै कुराहरु खुलेर राखेकी छन् भने पलले समिक्षा गर्भवती भएको कुरा पनि बताएका छन् । आखिर के हो सत्य हामीले तल राखेको भिडियोमा अडियो सुन्नुहोला :

@ro.sni14♬ original sound – Rosni raut

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्