१२ प्रहरीलाई सेवाबाट बर्खास्त गरिदै (नामावली सहित)




काठमाडाैं:

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ ।

केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका ती १२ जनालाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

यसरी कार्यालयमा हाजिर नहुनेमा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुनमगर, विजेन्द्र कार्की, आशाराम महतो, वुद्धवीर तामाङ, मुस्कान वान्तवा, विष्णु विक, अर्जन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक रहेका छन् ।

यो पनि : पुलिस र एपीएफ तथा आर्मी र संकटा भिड्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मंगलबार दुई खेलसँगै १२औँ चरणका खेल समाप्त हुँदैछन् । अन्तिम दिन दशरथ रंगशाला दुई खेल हुने भएका हुन् । र, त्यसपछि लिगमा ७ खेल बाँकी रहनेछन् ।

जारी लिगमा लिग च्याम्पियनदेखि दोस्रो डिभिजनमा घटुवा हुने टोलीसम्म पक्का हुँदा अब क्लबहरुको योजना तालिकामा राम्रो स्थान बनाउनु हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसाे १ बजे सुरु हुने खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन् । पुलिस ११ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा छ । एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा छ ।

अपरान्ह पौने ५ बजे सुरु हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आर्मी संकटालाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ भने संकटा शीर्ष पाँचमा बलियो बन्न चाहन्छ । आर्मी ११ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा छ । संकटा ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्