बिबाहित महिलाहरु किन परपुरुषसँग सम्बन्ध राख्छन् ? यस्ता छन् कारण !




काठमाडौ ।

हामी धेरै जनालाई थाहा छ हामीले सङ्गत कस्तो व्यक्तिसँग गर्नुपर्दछ र कस्तो व्यक्तिसँग गर्नु हुँदैन। तर हामी जानी–नजानी अन्जानमा कहिलेकाहीँ गलत व्यक्तिको संगतमा पुग्छौ । बिशेष गरी पुरुषहरुले विवाह गर्दा कस्तो युवती आफ्नो लागि आवश्यक छ त्यो राम्ररी बुझेर मात्र विवाह गर्नु पर्दछ

। विवाह गरेकी युवतीले घर र घर बाहिरको सबै व्यवहारलाई सही ढंगमा व्यवस्थापन गर्न सक्नुपर्छ । भनिन्छ, जीवनमा एकपटक मात्रै विवाह गरिन्छ । विवाह गरेपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै बढी जोड दिइन्छ । वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो जुन संसारका हर कोहिका लागि जीवनभरीको साथ हो । जसमा विश्वास र माया भरिएको हुन्छ ।

यसका साथसाथै उनले आफ्ना पीडाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् । जीवन साथीको महत्व जीवनमा धेरै हुन्छ । तर आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ । विवाह इतर सम्बन्धले धेरै वैवाहिक सम्बन्धहरु समाप्त भएका छन् । वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान–श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने जस्ता समस्याले अन्ततः कतिपयको स-म्बन्ध वि-च्छेद पनि भएको छ ।

असल जीवनसाथीले असल जीवनकै रुपरेखा निर्धारण गर्दछ भने खराब जीवन साथीले खराव रुप रेखा निर्धारणमा सहयोग गर्दछन् । यस्ता तमाम घटना तपाईंले आफ्नो जीवनमा र वरिपरिबाट सिक्नु भएकै होला । सामान्य मान्छे मात्रै होइन जीवन साथीको भूमिका ठूला मान्छेमा पनि पर्दछ । श्रीमती कै कारण संसारमा कयौ सफल भएका छन् भने कयौ पतन भएका छन् ।

समय परिस्थितिले अहिले एकले अर्कोलाई राम्ररी बुझ्न बिभिन्न माध्यम दिएको छ भने त्यसलाई भरपुर उपयोग गर्नु आबस्यक छ । खराव श्रीमती परिन भने श्रीमानको मात्र होइन परिवारसंगै स्वयम् उनको पनि पतन हुन्छ । खराब श्रीमती पर्यो भने चौपटै हुन्छ । विवाह इतर सम्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हाबी भएतापनि एक अध्ययनले महिला पनि विवाह इतर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ । अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या विवाह इतर सम्बन्धमा रहन्छन् । अध्ययनले बताएअनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका विविध कारणहरु छन् ।

तपाई धेरैलाई लाग्छ होला महिलाहरु शारीरिक सन्तुष्टिको खोजीमा मात्र परपुरुषसँग सम्बन्ध राख्छन् । तर यो गलत हो । धेरै जसो महिला आफ्ना श्रीमानमा आएको परिवर्तनका कारण अर्को पुरुष खोज्छन् । अध्ययनले देखाए अनुसार समयको अन्तरालसँगै विवाह गरेको सुरु सुरुको जस्तो श्रीमान हुन्न । पुरुषको काँधमा विवाहपछि थप जिम्मेवारीको बोझ समेत थपिन्छ । थपिएको जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा पनि कमी आउँछ । जसको कारण महिला अर्को दोस्रो पुरुषसँग आर्कषित हुन्छन् । श्रीमती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा पुरुषहरु श्रीमतीलाई वेवास्ता गर्न पुग्छन् ।

श्रीमतीहरुले आफ्नो श्रीमान राम्रोसँग कुरा गरिदियो । धेरै समय आफूसँग विताओस् भन्न चाहान्छन् । तर पुरुषहरुले त्यो भुल्छन् । उनीहरुलाई भ्रम के हुन्छ भने मैले दुख श्रीमती र छोराछोरी कै लागि त गरिरहेको हुन्छु । तर त्यो तत्कालका लागि बुझिन्न । त्यही मौकामा अर्को पुरुष सामाजिक सञ्जालमा मिठा मिठा गफ लगाउँन थाल्छ । मिठो बोलिदिएकै कारण मेरो श्रीमानलेपनि यसरी नै बोलिदिए हुन्थ्यो भन्ने हुन्छ । तर ठिक विपरित हुन्छ । समय विताउँनकै लागि मिठो बोली सुन्नकै लागि महिलाहरु पुरुषको नजिक हुन्छन् । त्यही सामिप्यता प्रेममा बदलिन्छ । अनि सबथोक साटफेर हुन्छ ।

शारीरिक असन्तुष्टी

कतिपय महिलाहरु ४० वर्षपछि आफ्ना पार्टनरबाट यौ-न स-न्तु-ष्टी नपाउने भएकाले दोस्रो पुरुषतर्फ आर्कषित हुने गरेको अध्ययनमा उल्लेख गरिएको छ । कतिपय महिलाहरु आफ्नो बिबाह पच्चास नै विवाह इतर सम्बन्धमा समेत रहन्छन् ।

घरभित्र समस्या

बिवाहछी घरमा सधैँ झ-गडा, अशान्ती हुन्छ भने पनि महिलाहरु बाहिर सम्बन्धको विकल्प रोज्छन् भन्ने अध्ययनले देखाएको छ भने सबै महिलामा यस्तो नभई अक्सर मात्र हुने गरेको छ ।

कम उमेरमा विवाह

सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता रहेको हुन्छ । उनीहरुको जीवन अर्कै मोडमा आइपुगेको हुन्छ भने आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव पनि गर्छन् । जसको कारण उनीहरु विवाह इतर सम्बन्धतर्फ उद्धत हुने गरेका छन् ।

सन्तान भएपछी

विवाहपछि आउने अनेक समस्या र परिवर्तनपछि महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आइसक्छ । तर आफ्ना पति प्रतिको विश्वास भने कम हुँदै जान्छ । उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन् र बाहिर साथी बनाउन तिर लाग्छन् ।

पुरुषप्रतिको आर्कषण

महिलाहरु अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आर्कषित हुने भएकाले आफ्नो पार्टनरमा भएको खुबीको वेवास्ता गर्छन् भने दोस्रो पुरुषको सानो सानो कुरामै आर्कषित भइहाल्छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्