खाडी मुलुक जान लागेका ८ नेपालीलाई अध्यागमन विभागले विमानस्थलवाट फर्काइदियो, यस्तो रहेछ कारण




काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थल अध्यागमन कार्यालयले ८ जना नेपालीलाई विदेश जानवाट रोकेको छ । उनीहरु विभिन्न देश जान लागेका थिए । उनीहरु दुवइ , केन्या, कतार र कुवेत जान भन्दै हिँडेका थिए । विमानस्थलमा पुगेर जहाज चढ्ने बेलामा ८ जना नेपालीलाई अध्यागमनले फिर्ता पठाएको हो । उनीहरुको भिषा संकास्पद देखिएपछि विमानस्थलवाट फिर्ता पठाएको जनाएको छ ।

भिजिट भिषा लिएका उनीहरुले ति देश किन जान लागेका हुन् भन्ने खुलाउन सकेनन् । त्यसैले उनीहरुलाई फिर्ता पठाएको बताइएको छ । ८ जना मध्य केहीले भारत जाने बहानामा दुवइ छिर्न खोजेको संका लागेर उनीहरुलाई फिर्ता पठाइएको अध्यागमनले जनाएको छ । श्रीलंका जाने बहानामा खाडी मुलुक जान खोजेको भेटिएको अध्यागमनका अधिकारीले बताएका छन्।

भारत हिँडेकी मोरङकी सुनिता कार्की, माल्दिभ्स हिँडेकी बर्दियाकी रेखा सुनुवार तिवारी,माल्दिभ्स हिँडेका अर्घाखाँचीका विशाल श्रेष्ठ, युएइ हिँडेका पाल्पाका दिप अर्याल, केन्या हिँडेका डडेल्धुराका हरिबहादुर सार्की, भारत हिँडेका मवानपुरका रंजित ठाडा मगर, कतार हिँडेका गोरखाकी सर्मिला सिरमल र कुवेत हिँडैकी नवलपरासीकी सुष्मा राईलाई अध्यागमन कार्यालयले विमानस्थलवाट फिर्ता पठाएका हुन् ।

कार्की, तिवारी,मगर र राईको अनलाइनमा समेत दुवइको भिसा एक्टिभ देखिएकाले प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ। गृहमन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान कडाइ गरेपछि मानव तस्कर संजालले वैकल्पिक माध्यमबाट पठाउने प्रयास गर्दै आएका छन्।

यस्तै, श्रेष्ठ माल्दिभ्स जाने भनि आएको तर भिजिट भिसामा दुवइ जान खोजेपछि अध्यागमनले गृह मन्त्रायको मापदण्डअनुसार आवश्यक कागजात पेश गर्न भनेको थियो। उनले आवश्यक कागजात पेश गर्न नसकेपछि प्रस्थान अनुमति नदिएको हो। अर्याल र सार्कीलाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएको नदेखिपछि प्रस्थान अनुमति नदिइएको अध्यागमन कार्यालयले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्