अमेरिकी हास्य कलाकार रोजी ओडोनेलले प्रियंका चोपडासँग माफी मागीन्, भिडियो सार्वजनिक गर्दै भनिन् ‘म लज्जित छु’




एजेन्सी । अमेरिकी हास्य कलाकार रोजी ओडोनेलले मालिबुमा भएको अप्ठ्यारो पछि भारतीय अभिनेत्री प्रियंका चोपडासँग माफी मागेकी छिन् । रोजीले इन्स्टाग्राम र टिकटकमा दुईवटा भिडियो सेयर गरेकी छिन्, जसमा उनले प्रियंका र उनका गायक पति निक जोनसलाई आइतवार के भयो भनेर खुलासा गरेकी छिन्।

आफ्नो कारमा खिचिएको पहिलो भिडियोमा रोजीले आफु, आफ्नो छोराले निक र प्रियंकालाई डेटमा देखेको बताइन् । हाम्रो छेउमा निक जोनस र उनकी श्रीमती चोपडा बसिरहेका थिए, जसलाई म सधैं दीपक चोपडाकी छोरी हुन् भन्ने लाग्थ्यो । दीपक चोपडा अमेरिकाका लोकप्रिय लेखक हुन्।

प्रियंकासँग कुरा गर्दा राजीले भनेका कुरा उल्लेख गर्दै भनिन्,, मैले भनेँ कि म तिम्रो बुबालाई चिन्छु। त्यसमा प्रियंकाले भनिन्, ओह साँच्चै ? मेरो बुबा को हुनुहुन्छ ? मैले दीपक भनेँ, उनले होइन भनिन् । चोपडा सामान्य थर हो। मलाई धेरै लाज लाग्यो। त्यसपछि रोजीले भिडियोमा भनिन् र सोधिन्, ूके म मात्र थिइन जसले सधैं प्रियंकालाई दीपककी छोरी हो भनेर सोच्थें ?

रोजीका फ्यानहरूले सोचेका छन् कि रोजी के भयो भनेर साँच्चै लज्जित थिइन् र उनलाई चिन्ता नगर्न सुझाव दिएका छन् । धेरैले प्रियंकालाई दीपककी छोरी हुन् भन्ने आफुहरुलाइ पनि लागेको बताएका छन् । यद्यपि प्रियंका स्वर्गीय डा अशोक चोपडा र डा मधु चोपडाकी छोरी हुन् ।

यसपछि रोजीले अर्को भिडियो सार्वजनिक गरिन् । यस पटक रोजीले प्रियंकाको वास्तविक नाम लिएर भनिन्, मानिसहरूले उनी असभ्य थिइन् भन्ने सोचेका थिए। उनी असभ्य थिइनन्, यो केवल अनौठो थियो। जाहिर छ, उनी एक धेरै प्रसिद्ध अभिनेत्री हुन् र उनी (दीपक) भन्दा धेरै प्रसिद्ध छन्। त्यसैले म पक्का छु कि उनीहरूले सुरुमा अनौठो लाग्यो होला। रोजीले प्रियंकाको नाम फेरि उल्लेख गरिन् र गडबडीको लागि माफी मागेकी छन्। ूमाफ गर्नुहोस्। कहिलेकाहीँ म गडबड गर्छु।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्