बिबादपछि पल र समीक्षा एकसाथ मिडियामा, पलको डाहा गर्ने धेरै भएँः समीक्षा (भिडियो सहित)




काठमाडौं :

केही महिना सामसुम भएको अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीबीचको विवाद फेरि सतहमा आएको छ । ८ महिना अगाडि उनीहरुबीच छलफल भएको अडियो रेकर्ड र एक महिला अधिकारकर्मीसँग समीक्षाले आफूमाथि पल शाहले दु’र्व्य’व’हा’र गर्नुका साथै धोका दिएको बयानसहितको अडियो रेकर्ड बाहिर आएपछि यतिबेला सामाजिक सञ्जाल यही विषयले तातेको छ ।

यसैक्रममा, पलले मंगलवार फेसबुकमा लामो स्टाटस लेख्दै सोमवार सार्वजनिक भएको अडियो रेकर्डहरु हेर्दा र सुन्दा आफू आश्चर्यचकित भएको बताएका छन् । अडियो रेकर्डमा बज्ने आवाज आफ्नो आवाजसँग मिलेको जस्तो भएतापनि उक्त आवाज आफ्नै हो भन्नेमा पुर्ण शंका रहेको र प्रविधिको कुटिल प्रयोग गरी आफ्नो बदनाम गर्न खोजिएको पलले स्पष्टिकरण दिएका छन् ।

उनले लेखेका छन्, ‘चलचित्रमा अभिनय गर्ने क्रममा रेकर्ड गरिएका संवादहरुलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धी) ले नीज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो ।’ आफ्ना सहकर्मीले उकासे बमोजिम नै समीक्षाले बोल्दै आएको उनले उल्लेख गरेका छन् ।

पल शाहले समीक्षा अधिकारीलाई आफ्ना प्रतिस्पर्धी साथीहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु आफूसँग सुरक्षित रहेको र ती प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्ने प्रतिबद्धता पनि जनाएका छन् । आफूलाई जोडेर आएका समाचारहरु वास्तविकताभन्दा धेरै टाढा रहेकाले यसबाट भ्रमित नहुन उनले आफ्ना प्रशंसकहरुलाई अपिल गरेका छन् ।

पल र समीक्षाबीच आमने-सामने भएर कुराकानी गरेको अडियो रेकर्डमा समीक्षाले बिहेको अडान कसेर बसेकी छन् भने पलले विवाह गरे आफू खुसी नहुने आशय व्यक्त गरेका छन् । त्यस्तै, महिला अधिकारकर्मीसँगको बयानमा समीक्षाले आफूमाथि पलले विवाहको आश्वासन दिएर धोका दिएको बताएकी छन् । यतिबेला सामाजिक सञ्जालमा यी दुई अडियो रेकर्ड छ्यापछ्याप्ती छन् ।

शाहले पछिल्लो दुई वर्षमा हजारभन्दा बढी म्युजिक भिडियोमा काम गरे । म्युजिक भिडियोमा काम गरेका पल सामाजिक सेवामा पनि सक्रिय देखिन्छन् । कोरोना महामारी प्रभावितका लागि खाद्यान्न, लद्याकपडा वितरणदेखि ग्यास सिलिन्डर वितरण गर्दा उनको निकै प्रशंसा भयो ।

म्युजिक भिडियोमा एकछत्र राज गरेका पल बेलाबेलामा गसिपमा पनि मुछिन्छन् । काठमाडौंमा आयोजित कार्यक्रममा पलले भने, ‘कहिलेकाहीं त यहाँ दिनभर नभनी मैले किन काम गरिरहेको छु । यति दुःख किन गरेको छु ? विभिन्न काममा सक्रिय रुपमा किन लागेको छु भन्ने पनि लाग्छ । म कुनै पनि कुरामा हतपत बोल्दिनँ । मनमा कुरा राख्छु र त्यसलाई आफैंभित्र हल गर्न खोज्छु ।’

तर यति हुँदाहुँदै पनि आफूमाथि गिरोह नै लागेको देखेर अचम्म लागेको पलले बताए । उनले समिक्षासंग नाम जोडीर समाचार आउँन थालेपछि घुमाउरो तरिकाले अगाडि भने, ‘खै मलाई बदनाम गराउन किन एउटा गिरोह नै सक्रिय रुपमा लागेको हो, थाहा छैन । तर कुनै पनि कुरा सुनेपछि एकपटक सम्बन्धित व्यक्तिसँग सोध्नुभयो भने स्पष्ट हुन्छ ।’

उनी जहाँ पुग्छन्, त्यहाँ उनको र गायिका समिक्षा अधिकारीको सम्बन्धको प्रश्न तेर्सिने गरेको छ । त्यसैले क्रेज बढाउने उदेश्यले मिडिया पुग्ने उनलाई खस्किएको क्रेज जोगाउनै धौ धौ छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्