अब बुलन्द आवाज कार्यक्रम न्युज२४मा हरेक शनिवार साँझ ६ः३० बजे बाट प्रसारण हुने




काठमाडौं ।

परदेशमा लामो समय पसिना बगाएका सञ्चारकर्मी राजन नेपाल प्रस्तोता रहेको बुलन्द आवाज कार्यक्रम अब मुलधारमा आउने भएको छ। कार्यक्रमको प्रमोमा जय स्वाभिमान अभियानका परिपल्पनाकार प्रेम बानियाले आवज दिएका छन् ।

न्युज२४मा फाल्गुन १४ गतेबाट प्रसारण हुने बुलन्द आवाज कार्यक्रम हरेक शनिवार साँझ ६ः३० बजे आउने छ ।

सामाजिक कार्यमार्फत आफ्नो पहिचान बनाउदै आएका सञ्चारकर्मी नेपालको पहलमा केही समय पहिले मात्र तारकेश्वर नगरपालिका कुञ्चिप्वाकलमा रु. ६८ लाखमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको थियो । उनको पहलमा बनेको वाल-कम्पाउन्ड सहितको नब–निर्मित स्वास्थ्य भबन तथा स्वास्थ्य सामाग्रीहरू माननीय स्वास्थ्य मन्त्री बिरोध खतिवडा मार्फत तारकेश्वर नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । पारदर्शिताका लागि उनले स्वास्थ्य भबन निर्माणमा सहयोग गर्नेहरुको नाम शिलालेखमा आय–ब्यय सहित राखेका छन् ।

यस पहिले पनि नेपालकै पहलमा वृद्ध अशक्त माइला श्रेष्ठको लागी घर निर्माण गरेर हस्तान्तरण गरिएको थियो । यति मात्र होइन, बिभिन्न समयमा आइ पर्ने प्राकृतिक प्रकोपहरू लगाएत उपचार खर्च नपाएर छट्पटाएका बिरामीहरूका लागी अभियाननै सञ्चालन गरि उनले सहयोग जुटाउदै आएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्