पुरा भएन नेपालको विश्वकप खेल्ने सपना, यूएईसँग ६८ रनले पराजित




काठमाडौ । नेपाली क्रिकेट टिमको विश्वकप खेल्ने सपना अधुरो बनेको छ । यूएईसँग सेमिफाइनलमा पराजित भएपछि नेपालले करिव आठ बर्षपनि टी २० विश्वकपमा स्थान बनाउने योजना अधुरो भएको हो । नेपाल सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भयो । समुह चरणमा अपराजित हुने एक्लो टिम बनेको नेपालको सेमिफाइनलमा ब्याटिङ र बलिङ दुबै राम्रोसँग चल्न सकेन ।

ओमान स्थित अल अमारत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७५ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको यूएईका लागि मुहमद वासिमले वि स्फो टक अर्धशतक बनाए । सेमिफाइनलमा युएईले नेपाललाई ६८ रनले हराएर विश्वकपमा स्थान पक्का गरेको हो।

अर्को सेमिफाइनलमा आयरल्यान्डले घरेलु टिम ओमानलाई ५६ रनले पराजित गरेर विश्वकपमा स्थान पक्का गर्‍यो। यसपटकको टी(२० विश्वकपमा आगामी अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुँदैछ। अस्ट्रेलियामा हुने विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ टिमको स्थान पक्का भइसकेको अवस्थामा बाँकी दुई टिमका लागि विश्व छनोट हुने बाँकी छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्