वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन आफ्नै घरको गेटमा आइपुग्दा मृत्यु




काठमाडौं :

वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो।

राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झ’र्ने बे’ला ल’डे’का थिए। उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिए ।

श्रेष्ठका अनुसार आज बिहान घरको गेटमै गाडीबाट ल’डे’को अ’वस्थामा उनी मृत फेला परेका थिए । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।

उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-२ धार्पाका लामा दर्जनौं लोकप्रिय गोक गीत संकलन तथा गाएका छन्। उनको स्वरमा कलकते काइँयो‚ चुँइचुँइ चुइकिने जुत्तालगायतका लोकप्रिय गीत रहेको छ। ​साथै‚ दर्जनौं नेपाली चलचित्रमासमेत अभिनय गरेका छन्।

चाहे लोकगीत गायनमा होस् वा अभिनयमा उनको जीवन यसमै समाहित थियो। उनले अहिलेसम्म एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गरेका लामा अहिलेसम्म पनि चरित्र अभिनयमा सक्रिय थिए।

उनी लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरे। उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका हुन् लामा। उनी हुर्केको समाजमा विभिन्न जातजातिको मिश्रित बसोबास थियो। राईले साकेला गाउँथे, गुरुङ मगरले रोदी घन्काउथे, शेर्पाहरूले गाउने गीतमा बेग्लै स्वाद थियो। यस्तै बाहुन क्षेत्रीको संस्कृतिसँग जोडिएको दोहोरी र रोइला गीतको मिठास पनि थाहा पाएका थिए उनले। सानैदेखि गीत गाउन र क्यारिकेचर गर्न भुतुक्कै हुन्थे उनी। फरकफरक जातजातिको बसोबास भए पनि गाउँलेबीच सांस्कृतिक एकता थियो। हरेक जात्रा पर्वमा एक भएर रमाउँथे। सांगीतिक समानता थियो गाउँमा।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्