कलाकार जयनन्द लामाको मृत्यु पछि कलाकार दिपकराज गिरीले भने : ‘मेरो सपना अधुरै रहयो’




काठमाडौँ :

कलाकार जयनन्द लामाको ६६ वर्षको उमेरमा निधन भएको छ। भक्तपुरको मध्यपुरथिमी नगरपालिका १ लोकन्थली सचेत मार्ग बस्ने लामा बुधबार बिहान आफ्नै घर अगाडि मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार उनी फागुन ११ गते मंगलबार (हिजो) बेलुका ७ बजे बौद्धमा भोज छ भनी घरबाट निस्केका थिए। उनी बुधबार बिहान घर अगाडि आफ्नै गाडीमा मृत भेटिएका हुन् ।

मारुती सुजुकी गाडीमा खुट्टा र तल भुईँमा श’री’र तथा टा’उको जो’ति’एको अवस्थामा बिहान ७ बजे आफन्तले लामालाई देखेका हुन् । घटनाबारे जानकारी पाए लगत्तै प्रहरी पुगेको थियो । लामो टा’उ’कोमा चो’ट देखिएको छ।

उनी गाडीबाट निस्कने क्रममा ल’डे’र मृत्यु भएको हुन सक्ने अनुमान छ । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । लामाको शव अहिले प्रहरीको निगरानीमा घरमै छ ।

उनको निधन पछि कलाकार दिपकराज गिरीले दुख प्रकट गर्दै उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् : “ज्वाइले बहिनी कु’टेछ ,राम्रो धेरै राम्रो , तर कु’टेको अलि मिलेनछ,
त्यहि भएर मान्छे कसरी कु’ट्ने भनेर सिकाउनु आएको…”

यस्ता थुप्रै लोकप्रिय संबाद ले म उहॉलाइ सम्झिरह्न्थे , सम्झिरहनेछू! हरेक भेटमा “दीपक भाइ गायकको रूपमा त मेरो एउटा परिचय थियो तर अभिनयले त मलाइ घर घरमा पुर्यायो, उहॉ खुशि हूदै भन्ने गर्नु हुन्थो!”

साथै उहॉले हास्ने एउटा गज्जबको शैली थियो उहॉ संग, जुन हामिले चलचित्रमा पनि प्रयोग गर्यौ,
उहॉको त्यो हॉसो सुनेपछि एउटा छुट्टै माहौल नै बन्थ्यो…

त्यो अजिबको हॉसो अनि उहॉका रसिक कुराहरू, सकारात्मक सोच र त्यो बिन्दासपना …….
जीबन ,बगैचामा फूलेको फूल जस्तै हो फूले पछि झर्नै पर्छ तर सम्झनाका फॉटहरूमा उहॉ संग बितेका हरेक पलहरू सधै फुलि नै रहने छन् !!

छक्का पन्जा ४ मा दाइ संग काम गर्ने सपना पनि अधुरै रह्यो,संसारको यो तीतो यथार्थलाइ स्विकार्न नचाहेर पनि स्विकार्नै पर्दो रहेछ! आदरणीय गायक तथा कलाकार जयनन्द लामा दाइ प्रति ह्रदय देखि नै
हार्दिक श्रद्धांजली अर्पण गर्दछू! ….

उनले अहिलेसम्म एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गरेका लामा निरन्तर चलचित्रमा अभिनयमा सक्रिय थिए। उनी लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरे। उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्