प्रधानमन्त्री अमेरिकाको पा’सोमा परे, अब राम राम मात्र भन्न सकिन्छ




काठमाडौ । अमेरिकी सहयोग एमसीसीका कारण अहिले मुलुकका राजनीतिक दलका नेताहरुबीच धु्रविकरण बढेको छ । नेपाली कांग्रेस यसको पक्षमा छ भने अन्य राजनीतिक दलहरु विपक्षमा छन् । यद्धपी एमसीसी अहिले संसदमा छलफलका लागि टेबल भइसकेको छ ।

सुरु देखि नै एमसीसीको विरोध गर्दै आएका पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गरे सरकार दुर्घटनामा पर्ने संकेत गरेका छन् ।

एमसीसी नाममा प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी पा सोमा परेका उनले टिप्पणी गरे । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा नेता खनालले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताएका हुन् । ‘प्रधानमन्त्री अमेरिकी पा सोमा पर्नुभएको छ, भीरबाट लड्ने गाईलाई रामराम मात्र भन्न सकिन्छ,’ खनालले भने ।

एमसीसीबारे सहमति गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलका संयोजक समेत रहेका खनालले संसदमा टेबुल गरिएको सम्झौतामा आपत्तिपूर्ण कुरा रहेका बताए । फागुन ८ गते संसदमा पेश भएको एमसीसी सम्झौतामाथि बिहीवारदेखि प्रतिनिधि सभामा छलफल हुँदैछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्