महिनामै करोडौ कमाउने सलमानको निधन पछि उनको सम्पत्ती कस्को हुन्छ ? गरे सलमानले खुलासा




एजेन्सी । बलिउड अभिनेता सलमान खानले महिनामा करोडौ कमाउँछन् । उनको कमाइ महिनामा १० करोड भन्दा माथि छ । सलमानले अहिलेसम्म विवाह गरेका छैनन्। विवाह नगरेकाले ५६ वर्षका उनको छोराछोरी पनि छैन। अन्य बलिउड कलाकारले जस्तै उनले कसैलाई सन्तानका रुपमा अपनाएका पनि छैनन् ।

बलिउडका धेरै कलाकारले सन्तान अपनाएका छन् । उनले सन्तान पनि नअपनाएका कारण उनको निधन पछि सलमानको सबै सम्पत्ती कसले पाउँछ भन्ने सबैको जिज्ञासा छ । उनको कुल सम्पत्ति २३ सय करोड भारतीय रुपैयाँ हो। यस्तो अवस्थामा उनको सम्पत्तिको वारिस को होला ?

सलमानले यदी आफूले विवाह गरेको खण्डमा र नगरी आफ्नो मृत्यु भएको खण्डमा आफ्नो सम्पत्ति कसको हुनेछ भनेर पनि खुलासा गरिसकेका छन्। ३४ वर्षयता सलमान बलिउडका स्टार छन्। उनी हरेक चलचित्रमा काम गरेबापत् १०० करोडभन्दा बढी ज्याला लिन्छन्।

टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा सलमानले भनेका छन् कि यदी उनले विवाह गरेभने उनको सम्पत्तिको आधी हिस्सा उनको ट्रस्टमा जानेछ। उनको ट्रस्ट संस्था बिइङ ह्युमनले गरिब तथा पीडितलाई सहयोग गर्दै आएको छ। यदी विवाह गरेनन् भने र उनको मृत्यु भयो भने उनको सबै सम्पत्ति सोही ट्रस्टमा जानेछ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्