इच्छा विपरित महिलालाइ कर’णी गरेको आरोप लागेका एमाले सांसद बानियाँ प्रहरीको सम्पर्कमा




काठमाडौं । महिला शिक्षकलाई इच्छा विपरित कर णी गरेको आरोप लागेका नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँ प्रहरीको सम्पर्कमा आएका छन् । प्रहरीमा उजुरी परेपछि उनी सम्पर्क विहिन भएका थिए ।

उनलाई एक जना महिला शिक्षकले बाँके नेपालगन्जको एक होटलमा इच्छा विपरित कर णी गरेको आरोप लगाएकी थिइन् । उनी विरुद्ध जिल्ला अदालत बाँकेमा उजुरी परेको थियो ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्कविहीन भएका बानियाँ प्रहरीको सम्पर्कमा आएका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले पूर्वमन्त्रीसमेत रहेका बानियाँले प्रहरीलाई सम्पर्क गरेर केही दिनमै प्रहरी कार्यालयमा उपस्थित हुने जानकारी गराएको बताए ।

‘‘हामीले प्रक्रिया अगाडि बढाउन सबै काम सकिसकेका छौँ । सांसद बानियाँले हामीलाई खबर गरेर केही दिनमा आउने भन्नुभएको छ । एमसीसीलगायत सदनका काम सकाएर म आफैँ आउँछु भन्नुभएको छ । नआए हामी आफ्नो तरिकाले पक्राउ गर्छौँ,” डीएसपी न्यौपानेले भने ।

सांसदलाई पक्राउ गर्न संसदको पनि अनुमति लिनु पर्ने भएकाले प्रहरीले संसदमा पनि पत्र पठाएको छ । यही फागुन ४ गते जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले बाँकेस्थित अप्सरा होटेलमा आफूमाथि इच्छा विपरित कर णी गरेको भनी मुद्दा दायर गरेकी थिइन् । त्यसपछि जिल्ला अदालत बाँकेले उनलाई पक्राउ गर्न आदेश दिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्