‘फिल्म माफिया’को छोरी भन्ने कंगनालाई आलियाले भागवत गीताको श्लोकवाट दिइन् यस्तो जवाफ




काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावत आफ्ना अभिब्यक्तिका कारण विवादमा आइरहन्छिन् । उनी अन्य कलाकारहरुको चर्को आलोचना गर्छिन । बलिउडमा परिवारवाद रहेको भन्दै विरोध गर्दै आएकी मंगनाले अर्की अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’ को निकै आलोचना गरिन् । आलियाको सो फिल्म शुक्रबारदेखि प्रदर्शन हुँदैछ । यो चलचित्रका लागि निर्देशक सञ्जय लीला भन्सालीले २०० करोड भारु लगानी गरेका छन् ।

कंगनाले सो फिल्म फ्लप हुने भन्दै आलियालाई फिल्म माफियाको छोरी भनेकी छन् । चलचित्रको रिलिज नहुँदै त्यसको विषयवस्तुलाई लिएर विरोध पनि भइरहेको छ । विरोधकाबीच अभिनेत्री कंगना रनावतले आलियाको अभिनय र कलाकारीता माथि नै प्रश्न उठाएकी थिइन् । कंगनाले शुक्रबार २०० करोड जलेर खरानी हुने उल्लेख गरेकी थिइन् । उनले चलचित्रमा आलियालाई लिनु नै सबैभन्दा ठूलो भूल भएको आरोप समेत लगाएकी थिइन् ।

हालै मात्र कोलकातामा चलचित्रको ‘मेरी जान’ बोलको गीतको सार्वजनिक कार्यक्रममा आलियालाई मिडियाकर्मीले यो विषयमा प्रश्न राखेका थिए । जसमा आलियाले भागवत गीताको एक श्लोक भन्दै जवाफ फर्काएकी छन् । उनले भनेकी छन्, ‘भगवान कृष्णले गीतामा भन्नुभएको थियो कि केही नगर्नु पनि धेरै कुरा गर्नु बराबर हो । म यत्ति मात्र भन्न चाहन्छु ।’

आलियाले आफूले केही नबोलेर नै यसको जवाफ दिएकोतर्फ संकेत गरेकी छन् । सञ्जय लीला भन्साली निर्देशित चलचित्रमा आलियाको साथमा अजय देवगणको पनि मुख्य भूमिका छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्