दर्जनौं चर्चित गीतका रचनाकार लोकराजले महाशिवरात्रीको अवसरमा पहिलो पटक सार्वजनिक गरे हिपहप शैलिको ‘जय शम्भो’ गीत (भिडियो हेर्नुस्)




काठमाडौ । महाशिवरात्री पर्वको अवसर पारेर जय शम्भो बम बम भोले बोलको गीत सार्वजनिक भएको छ । बुधवार वाइटिएच इन्टरटेन्मेन्टवाट सार्वजनिक भएको गीतमा अभिनेता आर्यन सिग्देलले अभिनय गरेका छन् । उनलाई योगेश चक्र , अनुप र प्रकाशले साथ दिएका छन् । गीतकार लोकराज अधिकारीको गीतमा योगेशकाजी , चक्र, मेघ पौडेल र शारीका घिमिरेले स्वर दिएका छन् । गीतमा संगीत र एरेन्ज पनि योगेशकै हो ।

अर्जुन तिवारीको क्यामेराले पोखरामा छायाँकन गरीएको दृष्य निकै मनमोहक छ । विशाल शिव मुर्तीलाई केन्द्र पारेर गीतको छायाँकन गरिएको छ । गीतलाई राजिव समिरले कोरियोग्राफी र निर्देशन गरेका छन् । पोखराको पुम्दीमा रहेको भुमेस्वर महादेब मन्दिर आसपासमै गीतको छायाँकन सकिएको छ । युवा पुस्ताका लागि बनाइएको जस्तो लाग्ने गीतमा आर्यन सिग्देल लगायत उनको समुहको नृत्यले आकर्षित गर्छ ।

लोकगीत ,आधुनिक गीत , पप गीत ,चलचित्रका गीत गजल सहित एक सय पचास बढी गीत लेखेका गीतकार लोकराज अधिकारीले यस प्रकारको गीत लेखेको भने पहिलो हो । पहिले नै संगीत तयार पारिएको गीतको मिटरमा उनले शब्द लेखेका हुन । टिपिकल शिव भजन नभएर यो हिपहप शैलिको भगवान शिव सम्बधी गीत हो । एक प्रकारको चुनौतीपुर्ण तर सुपाच्य सिर्जना भएको र विशेष गरि युवा पुस्ताले मन पराउनेमा गीतकार अधिकारी आशाबादी छन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्