अनन्त : १७ वर्षीया गायिकाले नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता




काठमाडौं

। गायिकाले नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । उनले ज’ब’र्ज’स्ती क’र’णी मुद्दामा उजुरी दर्ता गराएको बताइएको छ । गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ।

१८ वर्षमुनिकी गायिकासँग यौ’न स’म्ब’न्ध राखेको आरोप लागेका अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा यौ’नज’न्य अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । पल शाहबाट आफू पीडित भएको भन्दै ती गायिकाले उजुरी दिएकी हुन् ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौ’न स’म्ब’न्ध राखे पनि त्यसलाई ज’बरज’स्ती क’र’णी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौ’न स’म्ब’न्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर ज’ब’रज’स्ती क’र’णी ग’रे’को आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले यसबारे औपचारिक जानकारी दिएको छैन। विस्तृत विवरण आउन बाँकी छ। नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकासँग सहमतिमै राखेको यौ’न स’म्ब’न्धलाई पनि जबर्जस्ती करणी मान्छ । यसमा कडा सजायको व्यवस्था छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्