अन्तत: समिक्षाले दिइन् अभिनेता पल शाह विरुद्ध प्रहरीमा उजुरी, लगाइन् यस्तो आरोप




काठमाडौ । केही दिन यता मिडिया र सामाजिक सञ्जालमा गसिप बनेको अभिनेता पल शाह र समिक्षा अधिकारीबीचको कुरा अब भने आधिकारीक रुपमा सार्वजनिक भएको छ । गायीका समिक्षा अधिकारीले अभिनेता पल विरूद्ध उजुरी दिएकी छन् । उनले पल विरुद्ध इच्छा विपरित कर णी गरेको आरोप लगाउँदै उजुरी दिएकी हुन् ।

१७ वर्षीया एक गायिका आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन्। केही दिन अघि पल र समिक्षाको अडियो सार्वजनिक भएको थियो । त्यस यता सामाजिक सञ्जालमा निकै चर्चा छ । गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ।

शाहमाथि बालिकालाई प्रेममा पारेर इच्छा विपरित कर णी गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले यसबारे औपचारिक जानकारी दिएको छैन।

१७ वर्षीया ती गायिका एक महिना अघि नै आफु माथि भएको घटना लिएर जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्। तर कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएको थियो । तर त्यस बिचमा पलले समिक्षालाई आफ्नो प्रभावमा पारेर उजुरी दिनवाट रोकेको बताइएको छ ।

यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ। उक्त अडिओमा पलले आफूहरूबीच शा रिरि क स म्ब न्ध भएको स्विकारेका छन्। कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै सम्पर्क राख्न पाइन्न ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्