पल शाहविरुद्ध प्रहरीमा उजुरी दिन गायिका दिदी र भिनाजुको साथमा पुगिन तनहुँ जिल्ला प्रहरी कार्यालय




काठमाडौं :

नायक पल शाहविरुद्ध गायिकाले प्रहरीमा जाहेरी दिएकी छन् । गायिकाले बुधवार ज’बर्ज’स्ती कर ‘णी मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर जाहेरी दर्ता गरेकी हुन् । उनी प्रहरीमा उजुरी दिन दिदी र भिनाजुको साथमा पुगेकी थिइन् ।

यसअघि पनिगायिकाले पलविरुद्ध उजुरी दिने तयारी गरेकी थिइन् । तर, उनले प्रहरीमा उजुरी दिन लागेको सूचना पाएपछि पल शाहगायिकालाई फकाउन पोखरा पुगेका थिए । त्यहाँ उनीहरुबीच सहमति भएको खबर बाहिर आएको थियो । तर, सोमवार अडियो रेकर्ड बाहिर आएपछि समीक्षाले तनहुँको दमौली पुगेर उजुरी दिएकी हुन् । गायिकाले उजुरीमा कानून बमोजिम पल शाहलाई कडा सजायको माग गरेकी छन् ।

पलसँगको अडियो रेकर्डमा समीक्षाले विवाहको अड्डी कसेकी थिइन् भने महिला अधिकारकर्मी जस्मिन ओझासँगको अडियो रेकर्डमा उनले पल शाहले आफूमाथि ज’बर्ज’स्ती कर ‘णीको प्रयास गरेको, मायाको नाटक गरेर धो’का दिएको, परिवारको अगाडि विवाहको वाचा गरेर पन्छिन खोजेको बताएकी थिइन् ।

नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकासँग सहमतिमै राखेको यौ’ न स’म्ब’न्धलाई पनि ज’बर्ज’स्ती कर’णी मान्ने गर्छ । यसमा कडा सजायको व्यवस्था छ । उजुरी परेसँगै प्रहरीले पल शाहको खोजी सुरु गरेको जानकारी प्राप्त छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्