समिक्षाले पलबिरुद्द उजुरी दिदै पलसंग भएका कुरा खोलिन प्रहरीकोमा




काठमाडौं :

अभिनेता पल शाहविरुद्ध ज’ब’रज’स्ती कर ‘णीसम्बन्धी कसूरमा गायिका समीक्षा अधिकारीले किटानी जाहेरी गर्दा गराएकी छन् । अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि उनले तनहुँ प्रहरीमा उजुरी दिएको बताइएको छ ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि कर ‘णी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर कर णी गरेको दाबी गर्दै आएकी छन् ।

यस्तै, समीक्षाले एक महिला अधिकारकर्मीसँगको कुराकानीमा पलसँगको स’म्बन्ध’बारे बयान गरेको अडिओ सार्वजनिक भएको थियो । पलले आफ्ना पुरुष साथीहरूले समीक्षालाई उ क्साएको आरोप लगाएका छन् । पलको यस्तो आरोपपछि उनीमाथि जाहेरी दिने निष्कर्षमा समीक्षा पुगेकी हुन् ।

हिजो काठमाडौंबाट दिदी-भिनाजुसहित उनी तनहुँको दमौली पुगेकी थिइन् । राति नै जाहेरी दिने तयारी गरिए पनि प्रहरीले उनको बुबाआमाको पनि हस्ताक्षर चाहिने भनेपछि हिजो जाहेरी दर्ता भएन । आज बुबाआमासमेत आएर जाहेरीमा सनाखत गरेको प्रहरी स्रोतले बतायो ।

जाहेरीमा समीक्षाले आफूलाई शाहले ‘प्रेमको जा’लमा पारी सुटिङका क्रममा ललाइ-फकाइ गर्दै स’म्ब’न्ध राखेको’ उल्लेख गरेकी छन् । कानूनबमोजिम शाहलाई क डा सजायको माग समीक्षाले गरेकी छन् । उनको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको छ । यस विषयमा तनहुँ प्रहरीले औपचारिक जानकारी दिएको छैन ।

जाहेरी दर्ता गर्नुअघि प्रहरीले समीक्षाको अडिओ/भिडिओ बयानसमेत लिएको थियो । यसअघि पनि समीक्षाले पलविरुद्ध जाहेरी दिन कदम चालेकी थिइन् । केहीदिन अगाडि उनी कास्की प्रहरीमा जाहेरी लिएर पुगेकी थिइन् । तर, प्रहरीले अन्तिमपटक घटना जहाँ भएको हो, त्यहीँ उजुरी गर्नुपर्ने बताएको थियो । यसबीचमा पलले समीक्षालाई बिहेको आश्वासन दिएर था’मथु’म पारेपछि उनी रोकिएकी थिइन् ।

नायक पलले एउटा कुराकानीमा समीक्षासँग आफ्नो शा’री’रि’क स’म्ब’न्ध रहेको स्वीकारोक्ति गरेको अडिओ सार्वजनिक भएको थियो । समीक्षा उमेरले १७ वर्षकी छिन् । नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकासँग सहमतिमै राखेको यौ’ ‘न स’म्ब’न्धलाई पनि ज’ब’र्ज’स्ती’ क’र ‘णी मान्छ । यसमा क’डा सजायको व्यवस्था छ ।

यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ। उक्त अडिओमा पलले आफूहरूबीच शा’रि’रि’क स’म्ब’न्ध भएको स्विकारेका छन्। कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शा’रि’रि’क स’म्ब’न्ध कर णी हो।

प्रहरीले तत्काल जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको भए पल शाह यतिखेर प्रहरी हिरासतमा हुने थिए। पल र समीक्षाबीचको स’म्ब’न्ध पुष्टि हुने यथेष्ट प्रमाणहरू बाहिर आइसकेका छन् । यद्यपि, अझै पनि पलले स्वीकार गरेका छैनन् । उनले हिजो सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिएका थिए । सार्वजनिक भएको अडिओ नै ‘फेक’ हुन सक्ने उनको दाबी छ ।

अ’प’रा’ध सं’हिता २०७४ अनुसार १६ देखि १८ वर्षको किशोरीलाई कर’ ‘णी गर्दा १० देखि १२ वर्षको जेल सजाय हुन सक्छ । यस्तो अ’परा’ध’मा घटना भएको एक वर्षभित्र उजुरी दिन सकिने व्यवस्था छ । समीक्षाले एक वर्षभित्रै घटना भएको भन्दै सप्रमाण प्रहरीमा जाहेरी दिएकी हुन् । त्यसैले पललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सक्ने सम्भावना देखिएको छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनसक्ने व्यवस्था छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्