पल शाहलाई पक्राउ गर्दै प्रहरी ! प्रहरी भन्छ, ‘जाहेरी दर्ता भइसकेकाले अब पल शाहलाई पक्राउको तयारी गरिएको छ,




काठमाडौ । अभिनेता पल शाहविरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउको तयारी थालेको छ । पल विरुद्ध एक बालिकालाई इच्छा विपरित कर णी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध कास्की घर भएकी एक १७ वर्षकी गायिकाले मु द्दा दर्ता गराए पछि प्रहरीले पक्राउको तयारी थालेको हो । जाहेरीमा बालिकाले आफूलाई बिहे गर्छु भनेर शाहले फकाएर कर णी गरेको आरोप लगाइएको प्रहरीको भनाइ छ ।

‘जाहेरी दर्ता भइसकेकाले अब पल शाहलाई पक्राउको तयारी गरिएको छ, बाहिर धेरै हल्ला गर्दा मु द्दा प्रभावित हुने भएकाले यो विषयलाई धेरै प्रचार नगरिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो’, एक प्रहरी अधिकृतले भने ।

यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ। उक्त अडिओमा पलले यि किशोरीसंग सहमतिमै सम्पर्क भएको स्वीकार गरेका छन् । कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको स म्ब न्ध गैर कानुनी हो।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार ती गायिका झन्डै एक महिनाअघि परिवारसहित पलविरूद्ध उजुरी गर्न कास्कीको जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । प्रहरीले त्यतिबेला सबैकुरा सुनेर बुझेर जाहेरी पनि तयार गरिसकेको थियो। तर घटना तनहुँ जिल्लामा भएकाले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै उतै पठायो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्