मनीषालाई भएको के हो ?




काठमाडौं–

बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइराला एक समय बलिउडकी सुपरहिट अभिनेत्री थिइन् । मनीषा ९० को दशकमा सबैभन्दा सफल अभिनेत्री थिइन् । यद्यपि मनीषा केही समययतादेखि बलिउडबाट टाढिएकी छन् । बलिउडबाट टाढिए पनि सामाजिक सञ्जालमा उनको उपस्थिति सक्रिय छ ।

मनीषा आफ्नो फोटो र भिडियोमार्फत सामाजिक सञ्जालमा फ्यानसँग जोइिरहन्छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार हालैमात्र मनीषाले आफ्नो एक तस्वीर इन्स्टाग्राममा राखिन् । जुन तस्वीर झट्ट हेर्दा मनीषा नै हो भन्ने ठम्याउन गाह्रो पर्छ । कुनै समय सुन्दरताका कारण करोडौं दर्शकको मन जितेकी मनीषाको यो तस्वीर देखेपछि उनका फ्यानहरु दुःखी बनेका छन् । उनीहरु ‘मनीषालाई के भएको हो ?’ भनी प्रश्न सोधिरहेका छन् ।

तस्वीरमा मनीषा निकै कमजोर देखिएकी छन् । मनीषाले काठमाडौंको घरमा रहेको आफ्नो तस्वीर इन्स्टाग्राममा राखेकी हुन् । तस्वीरमा उनको घर निकै सुन्दर देखिएको छ ।

उनको तस्वीरमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । एक प्रयोगकर्ताले ‘फूलजस्तो अनुहारलाई के भयो ?’ भनी सोधेका छन् । अर्काले ‘आफ्नो ध्यान राख्नुहोस् मेम’ भनी लेखेका छन् ।

मनीषाले बलिउडमा ‘सौदागर’, ‘दिल से’, ‘बम्बे’, ‘मन’, ‘एक छोटी सी लव स्टोरी’, ‘संजू’, ‘गुप्त’, ‘१९४२ः ए लव स्टोरी’, ‘अकेले हम अकेले तुम’लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्