जयनन्द लामाको मृत्युको कारण यस्तो, जुत्ता सिटमा कारको चाबी हातैमा




काठमाडौं :

गायक लामाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाचघरमा राखिने

लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ । भोलि बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि शव नाचघरमा राख्न लागिएको कलाकार कलाकार दिपाश्री निरौलाले जानकारी दिइन् ।

गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झ’र्ने क्रममा असामयिक निधन भएको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले गायक लामाको निधनप्रति दु:ख व्यक्त गरेका थिए ।

लामाको मृत्युको कारण के हो अहिले नै पोष्टमार्टम रिपोर्ट आइसकेको छैन। तर, प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको मृत्यु ‘आकस्मिक दुर्घटना’बाट भएको देखाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार लामाले आफैं कार हाँ’केका थिए। चालकको सिटमा उनले बा’न्ता गरेको भेटिएको छ।

अनुसन्धान गर्दा प्रहरीले सिसिटिभी फुटेज पनि हेरेको छ। तर प्रहरीले उनी कुन समय घर आइपुगेको भन्ने खुलाएको छैन। केही ठाउँमा राखिएका फुटेज हेर्दा उनी एक्लै घरसम्म आएको देखिएको छ।

एक प्रहरीका अनुसार घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेरेका रहेछन्। ‘घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने सुनेका थिए। तर राति उठेर हेरेका रहेनछन्। उहाँ ल’डे’को बिहानमात्रै थाहा भएको हो। एउटा खुट्टा कारमा थियो। जि’उँ भु’इँमा ल’डि’र’हेको थियो। अ’ल्झि’ए जस्तो देखिन्छ। टा’उकोमा चो’ट ला’गे’को देखिन्छ।

उनको शव काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा पोष्टमार्टम गरिएको छ। पोष्टमार्टमपछि आफन्तले शव बुझेका छन्।

जयनन्द लामाको निधनले यतिबेला नेपाली सांगीतिक क्षेत्रसँगै चलचित्र क्षेत्र शोकमा छ । उनको निधनमा सांगीतिक क्षेत्र, चलचित्र क्षेत्रसँगै श्रोता-दर्शकहरु थुप्रैले दुःख व्यक्त गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका जयनन्द लामा झण्डै पाँच दशक कलाकारिता क्षेत्रमा सक्रिय रहे ।

नृत्यकारबाट कलाकारिता सुरु गरेका उनले ३० को दशकमा ‘मनको बाँध’बाट चलचित्र अभिनय यात्रा थालेका थिए । पहिलो क्यासेट एल्बम निकाल्ने गायक समेत जयनन्द नै थिए । उनले दुई सय बढी गीत गाएका छन् । विशेषगरी रमाइलो खालका गीत सिर्जना र गाउने गरेका उनका ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’, ‘मुलाको चाना’ जस्ता थुप्रै लोक गीत अहिले पनि उत्तिकै चर्चित छन् ।

पहिलो तामाङ भाषाको चलचित्र ‘छोमरी छोरङान’ लेखन तथा निर्देशन समेत जयनन्दले गरेका थिए । त्यस्तै ‘माया गर्छु म’, ‘कर्मको फल’ जस्ता चलचित्रहरु निर्देशन समेत गरेका थिए । बीचको केही वर्ष भने उनी चलचित्र अभिनयबाट केही टाढा देखिएका थिए । केही वर्षअघि मात्रै ‘छक्का पञ्जा’, ‘जय भोले’ जस्ता चलचित्रमा अभिनय गरेपछि उनी पछिल्लो समय चलचित्रमा निकै व्यस्त कलाकारमा पर्दथे ।

त्यसयता उनले ‘दाल भात तरकारी’, ‘भैरे’, ‘साली कस्को भेनाको’ जस्ता थुप्रै चलचित्रमा अभिनय गरेका थिए । ‘कबड्डी ४’, ‘चोर पुलिस’, ‘गणपति’जस्ता चलचित्रको समेत छायांकन सकाएका छन् । यी चलचित्रको डबिङ हुन बाँकी नै छ । ‘छक्का पञ्जा ४’, ‘२ नम्बरी’ जस्ता थुप्रै चलचित्रको छायांकनमा जाने तयारीमा थिए ।

‘नेपाल लोक स्टार’मा निर्णायकको भूमिका समेत निर्वाह गरेका लामा पछिल्लो समय हास्य सिरियल ‘हल्का रमाइलो’मा नियमित देखिंदै आएका थिए । गत सोमबार मात्रै ‘हल्का रमाइलो’को पछिल्लो भागको छायांकन भएको थियो, जुन प्रसारणमा आउनै बाँकी छ ।

उनी हुर्केको समाजमा विभिन्न जातजातिको मिश्रित बसोबास थियो। राईले साकेला गाउँथे, गुरुङ मगरले रोदी घ’न्काउथे, शेर्पाहरूले गाउने गीतमा बेग्लै स्वाद थियो। यस्तै बाहुन क्षेत्रीको संस्कृतिसँग जोडिएको दोहोरी र रोइला गीतको मिठास पनि थाहा पाएका थिए उनले।

सानैदेखि गीत गाउन र क्यारिकेचर गर्न भुतुक्कै हुन्थे उनी। फरकफरक जातजातिको बसोबास भए पनि गाउँलेबीच सांस्कृतिक एकता थियो। हरेक जात्रा पर्वमा एक भएर रमाउँथे। सांगीतिक समानता थियो गाउँमा।

गाउँ पञ्चायतको सांगीतिक कार्यक्रम हुँदै अञ्चलस्तरीय कार्यक्रममा पनि गीत गाउन थाले। प्रजातन्त्र दिवस मनाउने र राजाको जन्मदिनसँगै मनाउने गरी आयोजना भएको कार्यक्रममा सहभागी भए।

प्रज्ञा प्रतिष्ठानको जागिरे थिए उनी। प्रतिष्ठानले नै उनलाई इलाहाबाद संगीत विद्यालयमा मास्टर डिग्री पढ्न पठायो। नेपाल फर्केर उनी अहिलेसम्म लोकसंगीतमै सक्रिय थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्