पुटिनले गरे युक्रेनमा ‘सैन्य कारबाही’ घोषणा




एजेन्सी, मस्को :

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको बि’खन्डनकारीले नियन्त्रणमा रहेको दोनबास क्षेत्रमा ‘सैन्य कारबाही’ घोषणा गरेका छन् । एउटा टेलिभिजन सम्बोधनमा पुटिनले यस्तो घोषणा गरेका हुन् ।

यसअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषदको आकस्मिक बैठकलाई सम्बोधन गर्दै रुसलाई युक्रेनमा जान लागेका सेना रोक्न पुटिनसँग अनुरोध गरेका थिए । ‘वास्तवमै युक्रेनमा सैन्य तयारी भइरहेको छ भने, म मेरो हृदयदेखि राष्ट्रपति पुटिनलाई भन्न चाहन्छु आफ्ना सेनाहरूलाई रोक्नुहोस्, शान्तिलाई मौका दिनुहोस् ।’ गुटरेसले भनेका थिए ।

कुनै पनि प्रकारको युद्ध भएमा वा रगत बगेमा त्यसको जिम्मेवार युक्रेन हुने चेतावनी पनि उनले दिएका छन् । उनले युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिनको आदेशसँगै डोनेट्स्क क्षेत्रमा बि’स्फो’टको आवाज आएका छन्।

पुटिनले यु’द्धको घोषणा गर्दै गर्दा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पुटिनसँग युक्रेनमाथिको आ’क्रम’ण रोक्न सुझाव दिएका छन् ।

सुरक्षा परिषदको बैठकमा बोल्दै उनले शान्तिको मार्गलाई अवसर दिन आग्रह गरेका हुन् । तर पुटिनले आफ्ना सैनिकलाई आ’क्रम’णको आदेश दिएसँगै स्वतन्त्र घोषणा गरेका डोनेट्स्क र लुहान्स्कसहितका क्षेत्रमा ब’मबा’रीको आवाज आएको छ ।

युक्रेनको राजधानी किएभमा पनि बि’स्फो’टको आवाज सुनिएको सिएनएनले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्