पर्यटनमन्त्री आलेले ओढाए कलाकार लामाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा




काठमाडौ । गायक तथा कलाकार जयनन्द लामाको निधनले अहिले नेपाली फिल्म क्षेत्र शोकमा डुवेको छ । उनको असामयिक निधनको खबरले सबै स्तब्ध भएका छन् । बुधवार आफ्नै घर अगाडी कार नजिक उनी मृ त अवस्थामा फेला परेकी छन् । लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि नाचघर जमलमा राखिएको छ ।

शवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन्। मन्त्री आले लामाको शवमा अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नका लागि राष्ट्रिय नाचघर जमलमा पुगेका थिए । उनले राष्ट्रिय झण्डा ओढाएका छन् ।

कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि कलाकार तथा सर्वसाधारण राष्ट्रिय नाचघरमा पुगेका थिए। लामाको शवलाई २ बजे स्वयम्भुमा बौद्ध परम्परा अनुसार अन्त्यष्टी गरिने कार्यक्रम रहेको छ।

यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालगायतले गायक लामाको निधनप्रति दुस्ख व्यक्त गरेका थिए। भक्तपुरको मध्यपुरथिमी नगरपालिका(१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्