सरकारमै बसेका दलका नेता सडकमा हिं सात्मक आन्दोलनमा उत्रिए पछि रिसाए गृहमन्त्री, फोन गरेर यसरी थर्काए




काठमाडौ । सरकारमै बसेका दलका भातृसंगठनहरु एमसीसीको विरोधमा सडक तताउन थालेपछि गृहमन्त्री आ क्रो शित भएका छन् । उनले दोहोरो चरित्र नदेखाउन सत्तासिन दलका नेतालाई आग्रह गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँणले टेलिफोन गरेर हिं सा त्मक आन्दोलन नगर्न आग्रह गरेका छन्।

बिहीबार बिहान टेलिफोन गरेर नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका विद्यार्थी र युवा संगठनका नेतृत्वलाई उनले आफै फोन गरेका हुन् । उनले ति नेताहरुलार्इं एमसीसीका नाममा हिं सात्म क आन्दोलन नगर्न आग्रह गरेको खाँणका स्वकीय सचिव नरेन्द्र केसीले जानकारी दिए।

खाँणले बिहीबार समाजवादीनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र माओवादीनिकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहलाई फोन गरेका हुन्। ‘तपाईँहरूलाई शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार छ। तर सरकारमा बसेर सरकारकै मान्छेहरुले आन्दोलन गरेर हिं सा त्मक बन्दाखेरि हामीलाई पनि गाह्रो हुन्छ’, गृहमन्त्री खाँणले भने, ‘तपाईँहरूको नेतृत्वको निर्देशन के छ मलाई थाहा छैन।

तर आफैँ हिं सा त्मक आन्दोलन गरेर के सन्देश दिन खोज्नुभएको हो ? त्यस प्रति को जवाफदेही हुने ? सरकार त तपाईहरुको पनि हो नी ? भनेर सम्झाएका थिए । उनले सरकारको उत्तरदायित्व भित्र शान्ति सुरक्षा कायम गर्नु पनि भएकाले सकारात्मक भूमिका निभाउन आग्रह गरेका छन् ।
उनले आफूहरुले आन्दोलन नै नगर्नु नभन्ने बताउँदै तर सरकारलाई असर गरेमा चुप नबस्ने बताएका छन्। ‘आन्दोलन नगर्नुहोस् भनेर हामी भन्दैनौँ तर कसरी गर्ने हो त्यो तपाईहरुले जान्नु पर्ने कुरा होु, उनले भनेका छन्, ुत्यस्तो आन्दोलनले संयुक्त सरकारलाई असर गर्छ भन्ने कुरा तपाईँहरुले ख्याल गर्नुपर्छ। शान्तिपूर्ण आन्दोलन गर्नुभए प्रहरीले नै सुरक्षा दिन्छ।’

यसअघि आइतवार भएको आन्दोलनमा माओवादी र समाजवादीका कार्यकर्ताहरु प्रहरीमाथि हिं सा त्मक रुपमा जाइ लागेका थिए। त्यसक्रममा दर्जनौँ नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान घाइते भएका थिए। सत्ताधारी नै आन्दोलित भएकाले प्रहरीले कम बल प्रयोग गरेको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्