रुसी आ-क्रमणपछि युक्रेनको राजधानीमा देखियो यस्तो दृश्य




रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्थानीय समय अनुसार ५:५५ बजे सै-न्य का-रबाही घोषणा गरेको केही मिनेटपछि युक्रेनमाति हमला शुरू गरिएको विवरणहरूमा जनाइएको छ। युक्रेनी राजधानी किएभमा आपत्कालीन साइरन बज्न थालेको छ र मानिसहरूले राजधानी छोडिरहँदा सडकमा कारहरूको ठूलो लाइन देखिएको छ।

मानिसहरूले सडकमा प्रार्थना गर्दै गरेको र समूह-समूहमा बाँडिएको टेलिभिजन फूटेजहरूमा देखिन्छ। किएभमा रहेका द गार्डिअन पत्रिकाका संवाददाता ल्युक हार्डिङले कतिपय मानिसहरू पैसा झिक्न एटीएमअगाडि लाइन बसिरहेको भन्दै ट्विटरमा पोस्ट गरेका छन्।

युक्रेनको सशस्त्र फौजले पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर ख-सालिदिएको जनाएको छ। “शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमाथि विश्वास गर्नुहोस्,” सशस्त्र फौजले आफ्नो वक्तव्यमा भनेको छ।

रुसी रक्षा मन्त्रालयले चाहिँ आफ्ना विमानहरू खसालिएको कुरा अस्वीकार गरेको छ। रुसले युक्रेनी सैन्य पूर्वाधारहरूलाई निशाना बनाइरहेको जनाएको छ।

किएभ

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्