रुसी बम ह-मलामा ७ जना युक्रेनीको मृत्यु, १९ जना बेपत्ता




मस्को, १२ फागुन-

रुसी सेनाले गरेको ब-म आ-क्रम-णमा ७ जना युक्रेनीको मृत्यु भएको युक्रेन प्रहरीले जनाएको छ । ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको हमलामा छ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन् । सो हमलामा १९ युक्रेनी हराइरहेका छन् । त्यस्तै, रुसी सेनाले मारियुपोल सहरमा गरेको अर्को ह-मलामा थप एक जनाको मृत्यु भएको छ ।

रुसी सेनाले रुस र बेलारुसको सीमाबाट आ-क्रम-ण ग-रेको एएफपीले जनाएको छ । केही साताअघि मात्र रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास गरेका थिए । यसैबीच, रुसी सेनाले स्थलमार्गबाट पनि आ-क्रम-ण सुरु गरेको विवरणहरुमा जनाइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्