अमिताभ बच्चनकी नातिनी नव्याले घरभित्रको रहस्य खोल्दै भनिन्, ‘मलाई र भाईलाई आमाले फरक ब्यवहार गर्नुहुन्छ’




एजेन्सी ।

नव्या नन्दा बलिउडका मेगास्टार अमिताभ बच्चनकी नातिनी हुन् । उनी सामाजिक सञ्जालमा निकै कम सक्रिय छिन् । नव्या नन्दले घरको वातावरणलाई लिएर चकित पार्ने खुलासा गरेकी छन् । नव्या नन्द भन्छिन् कि उनकी आमा श्वेता बच्चनले उनलाई पाहुनाका अगाडी उपस्थित हुन आग्रह गर्छिन्, जबकि उनले छोरा अगस्त्यलाई पनि त्यस्तै गर्न भन्न सक्थिन्। तर आमाले संधै गेष्टको ख्याल राख्ने काम नव्यालाई दिन्छिन् । उनले घर भित्र छोरा र छोरीमा विभेद हुने गरेको स्पष्ट पारेकी छिन् ।

नव्याले घरको कथा सुनाइन्

एक भारतीय मिडिया सँगको कुराकानीमा नव्या नन्दाले भनिन्, ूघरमा पाहुना आउँदा आमाले मलाई भान्साकोठा वा जुनसुकै कोठाबाट सामान ल्याउन भन्नु हुन्छ, पाहुनाका लागि होस्टको भूमिका निभाउनुपर्छ । आमाले मेरो भाइ अगस्त्यबाट पनि त्यही काम गराउन सक्नुहुन्थ्यो तर आमाले त्यसो गर्नुहुन्न । आमाले मलाई पाहुनाका लागि आवश्यक पर्ने सबै चिज ल्याउन भन्नुहुन्छ । पाहुनाको ख्याल पनि मैले नै राख्नुपर्छ ।

नव्याले थप भनिन्, ‘जब घरमा संयुक्त परिवारसँग बस्छौ, तब यी कुराहरू अवश्यै हुन्छन् । छोरीहरूलाई घर कसरी चलाउने, पाहुनाका अगाडी कसरी जाने वा होस्टको भूमिका कसरी निर्वाह गर्ने, यी कुराहरू घरका छोरीहरूलाई सिकाइन्छ। आमाले भाइसँग यस्तो व्यवहार गरेको मैले कहिल्यै देखेको छैन। केटीलाई पढाउँदा सिकाउने कुराहरु केटालाई किन सिकाइँदैन ? सायद सुरुदेखि नै हाम्रो दिमागमा केटीको काम घर रेखदेख गर्ने हो भन्ने कुरा बसेको होला ।

नव्या नन्दको यो कमेन्टलाई जोया अख्तर र अभिनेत्री तिलोतमा शोमाले निकै तारिफ गरेका छन् । यसअघि नव्याले एक अन्तर्वार्तामा घरका महिलाले आफ्नो स्वास्थ्यभन्दा पहिले परिवारका सदस्यको स्वास्थ्यलाई महत्व दिने बताएकी थिइन् । यो कुरा उनले हजुरआमा र आमामा पनि देखेको बताएकी थिइन् । आमा र हजुरआमाले परिवार, श्रीमान् र बच्चाहरूको हेरचाह गर्ने गरेको बताएकी थिइन् । नव्याले महिलाहरु आफ्नो मानसिक, शारीरिक र स्वास्थ्यलाई महत्व दिएको महसुस गर्दिनन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्