एमसीसीका कारण फेरी कम्युनिष्ट एक हुँदै ओली र प्रचण्ड पनि अब दोस्रो तहका नेताबीच गम्भिर छलफल




काठमाडौ । अमेरिकी सहयोग एमसीसीका बारेमा सत्ता गठबन्धनबीच सहमति बढ्न नसकेको बेलामा अहिले फेरी राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री शेर वहादुर देउवाले एमसीसीका बारेमा गठबन्धन दलका नेताहरुबीचमा सहमति जुटाउन नसकेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग सहयोग माग्न पुगेका छन् ।

बानेश्वर स्थित संसद् भवन बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलका नेता ओलीको कार्यकक्षमा दुई नेताबीच वान अन वान वार्ता समेत भएको प्रचण्डको सचिवालयले जनाएको छ । तर एमसीसीका कारण अब गठबन्धन भत्कने अवस्थामा पुगेको छ । प्रधानमन्त्री कुनै पनि हालतमा एमसीसी पास गराउन खोज्ने तर प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहमत नहुने अवस्था आएपछि गठबन्धन भत्कन लागेको हो ।

यस्तो अवस्थामा अब देउवा ओलीको साथ लिएर एमसीसी पास गर्ने योजनामा छन् । आज ओली र देउवाबीच भेटवार्ता भएपछि प्रचण्ड ओलीको कार्यकक्षमा पसेका थिए । उनीहरुबीच पनि गोप्य बार्ता भएको छ । ओली र प्रचण्ड एक्लाएक्लै छलफल गरेपछि दुवै पार्टी दोस्रो तहका नेताहरूसहित छलफल भइरहेको छ । प्

भेटमा अहिले एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल तथा माओवादीबाट प्रचण्डका अलावा नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी छन् ।

एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेका बेला ओली र प्रचण्डबीच छलफल हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि प्रधानमन्त्री देउवा तथा कांग्रेस महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसहित एमाले नेताहरूसँग छलफल गरेका थिए । ओली र देउवाबीच पनि अन्तिममा एक्लाएक्लै छलफल भएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्