‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा धरधरी रुँदै पुजाले किन यस्तो भनिन्न ? (भिडियो सहित)




काठमाडौ ।

पछिल्लो समय नेपालकै चर्चित गायिकाको रुपमा उदाएकी एक नाबालिग माथि हिरो पल शाहले ब’ला’त्का’र ग’रे’को उजुरी परेको छ । उजुरी परे लगत्तै नायक पल शाह फरार भएका छन् । प्रहरीले उनको खोजी तिब्र पारेको छ । अभिनेता पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा बुधबार थियो ।

उनी बिरुद्ध उजुरी परेपछि प्रिमियरमा समेत उनी आउन पाएनन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा पल विरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी फिल्मको प्रिमियरमा नआएका हुन् । प्रिमियर बाटै प्रहरीले उनलाई नियन्त्रणमा लिने तयारी बुझे पछि उनी फरार भएका हुन् ।

शाहबाट आफू पीडित भएको भन्दै एक नाबालिगले उनी विरुद्ध क’र’णीको उजुरी दिएकी छन् । पललाई प्रिमियरमा सहभागी गराउने कि नगराउने दुबिधाका कारण फिल्मको प्रिमियर समेत ढिला सुरु भएको थियो ।

‘कीर्तिपुर कप्लेक्स’ मा साँझ साढे ५ बजे आयोजना गरिएको प्रिमियर २ घण्टा ढिलो सुरु भएको थियो ।  सुर्दशन थापाको निर्देशन रहेको फिल्म कोरोनाकाल भन्दा अगाडी नै निर्माण सम्पन्न भएर रिलीजको तयारीमा रहेको थियो । फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्