रुसी ह’म’लामा सेनासहित १३७ युक्रेनीको मृत्यु




एजेन्सी, मस्को :

रुसी फौजले युक्रेनमा वृहत ह’म’ला ग’रेको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट ‘हम’ला ग’रेको छ । रुसी ह’मला’मा १३७ युक्रेनी मा’रि’एको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् ।

मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् । रुसी सेनाले हवाई ह’म’ला ग’रिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बा’ध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ । राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको
आदेश दिएका छन् ।

रुसले जल, स्थल र हवाई आ’क्र’म’ण एकैपटक गरेकाले ह’ता’ह’त हुनेको संख्या बढ्दो छ। आ’क्र’म’ण’को निशानामा युक्रेनको राजधानी किभ समेत परेकाले राजधानी छोड्न चाहनेको संख्या पछिल्लो समय बढ्दो छ।

आ’क्र’म’ण शुरु भएकै दिन हिजो एकै दिनमा १ लाखभन्दा बढी नागरिकले राजधानी किभ छोडेको संयुक्त राष्ट्र संघले जनाएको छ। झण्डै ५ लाख मानिस बसोबास गर्ने बन्दरगाह शहर मुरिपोलमा पनि वि’ष्फो’ट भ’एको छ। युक्रेनबाट रुसमा सैन्य खतरा भएकोले त्यसको असैन्यीकरण गर्न कार्बाही गर्नु परेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनविरू’द्ध सैन्य कारबाही घोषणा गरेका थिए। पुटिनको उक्त घोषणापछि युक्रेनको राजधानी किएभलगायत विभिन्न ठाउँमा रूसी सैनिकले आ’क्र’म’ण ग’रेका छन्।

साथै युक्रेन नव–नाजीहरुले सञ्चालन गरेको आरोप समेत पुटिनको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशमा सैनिक शाशन लागु गरिएको घोषणा गरेका छन्। रुस माथि अमेरिका र बेलायतले नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन्। जसमा बैंकहरूमा रहेको सम्पत्ति रोक्का गरिने छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन माथि हतारमा गरिएको आ’क्र’म’णको रुसलाई महंगो पर्ने बताएका छन्। सानो छिमेकी युक्रेनमाथि आ’क्र’म’ण गर्ने पुटिनको कदमको संसारका धेरै मुलुकले आ’लो’चना गरेका छन्।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्