पक्राउ गर्न पल शाह नभेटीएपछि प्रहरीले गर्यो यस्तो आशंका




काठमाडौं :

प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। कास्कीकी एक नाबालिग गायिकामाथि पटक पटक ज’वर’ज’स्ती कर णी गरेको जाहेरी दर्ता भएपछि प्रहरीले बुधबारदेखि नै खोजी थालेको छ।

तनहुँमा जाहेरी दर्ता भएलगत्तै उनीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ। यस्तोमा महानगरीय प्रहरी परिसर र अ’पराध महाशाखाको टोली उनलाई पक्राउ गर्न जुटेको बताइएको छ।

तर नेपाल प्रहरीको दुई दुईवटा युनिटको टोलीले पनि शाहलाई अझैसम्म भेट्टाएको छैन। जाहेरी दर्ता भएको २४ घण्टा बितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न नसकेपछि यो प्रकरण मिलाउन खोजिएको आशंका गरिएको छ।

प्रहरीले पल आफ्नो सम्पर्कमा नआएकाले खोजी भइरहेको जनाएको छ। उजुरी दर्ता भएपछि पल फ’रार रहेको प्रहरीले जनाएको छ। बुधबार राति नै पक्राउ गर्न जाँदा पल मोबाइल अफ गरेर बे’पत्ता भएको एक प्रहरी अधिकारी बताउँछन्।

तर प्रहरीले बे’पत्ता भएका भनिएका पल बिहीबार बिहान सामाजिक सञ्जालमा झुल्किए। बिहीबार बिहान सामाजिक सञ्जालमा लामो भनाइसहित उनले केही अडियो पोस्ट गरेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्का उनको खोजी भइरहेको तर अहिलेसम्म भेट्न नसकेको बताएका छन्। प्रहरीले पललाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न देशभर सर्कुलर गरिएको जनाएको छ। जाहेरी दर्ता हुनु अघिसम्म विभिन्न सार्वजनिक कार्यक्रममा सरिक पल बुधबारदेखि सम्पर्कविहीन छन्।

नाबालिग कर णीको जाहेरी दर्ता भएको २४ घण्टा बितिसक्दा पनि पललाई पक्राउ गर्न नसकेपछि प्रहरीमाथि प्रश्न गर्न सुरु भएको छ। पल साँच्चिकै फ’रार भएका हुन् अथवा प्रहरीले खोजी नै नगरेको बहस सुरु भएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्