एमसीसीमा नेकपा (एस)को योजनाः सैद्धान्तिक छलफलमा सहभागी हुुने




काठमाडौ :

प्रतिनिधिसभा बैठकमा आजवाट सुरु हुने भनिएको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सैद्धान्तिक छलफल कुन प्रक्रियामार्फत टुंग्याउने हो ? त्यसको छिनोफानो हुने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले ध्वनीमतको प्रक्रियामामार्फत सैद्धान्तिक छलफल चलाउँछन कि मत बिभाजनमार्फत गर्छन भन्ने बिषयका छिनोफानो आज अपरान्ह बस्ने संसद बैठकले छिनोफानो गर्न लागेको हो ।

सभामुख सापकोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार मत बिभाजनको प्रक्रियामार्फत सैद्धान्तिक छलफलमा लैजान खोजेको आशंकमा सरकारले बिहिवारको संसद स्थगित गराएपछि सो बिषयलाइ महत्वका साथ हेरिएको छ । मत बिभाजनमा प्रक्रियामा लगेर सभामुखले एमसीसीलाई सैद्धान्तिक बहस अघि नै असफल बनाउन लागेको आशंका गरेपछि सरकारले अचानक आग्रह गरेर बिहिवारको बैठक स्थगित गराउनु परेको सार्वजनिक भएको थियो ।

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ ।

आजवाट प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा हुने सैद्धान्तिक छलफलमा नेकपा (एस)ले आफनो धारणा राख्ने तर पुर्ववतः मान्यता अनुसार संसोधन बिना अनुमोदन गराउन नहुने तर्क राख्नेछ ।

‘आजवाट प्रतिनिधिसभा बैठकमा हुने सैद्धान्तिक छलफलमा सहभागी हुनेछौ,’ प्रवक्ता जगन्नाथ खतिवडाले न्युज कारखानासँग भने, ‘तर, यसरी छलफलमा सहभागी भए पनि संसोधन बिना एमसीसी पारित गर्न हुदैन भन्ने पार्टीको धारण स्पष्ट राख्ने छौं ।’ उनका अनुसार पार्टीले एमसीसीका बारेमा के कस्तो निर्णय गरेको थियो ? त्यो संसदवाटै थप जानकारी दिने योजना राखिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्