सरकारमा बस्ने नबस्ने बारे माओवादीको अन्तिम बैठक, के हुँदैछ छलफल ?




काठमाडौ । गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रसहितका दल सरकारमा बस्ने वा नबस्नेबारे निर्णय लिन छलफलमा जुटिरहेका छन् ।

ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन् ।

‘खुमलटारमा सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । तर, अन्तिम टुंगोमा भने नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीचको छलफलपछि पुगिनेछ । यसका लागि माओवादी नेताहरूले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कुरेर बसेका छन् । उपत्यका बाहिर रहेका अध्यक्ष नेपाल काठमाडौं फर्किंदै छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्