प्रहरीले नै दुर्लभ ग्रुपको रगत दिएर बचाए एमसीसीको आन्दोलनमा गम्भिर घाइते भएका अवस्थीलाई




काठमाडौ । काठमाडैको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीविरुद्ध भएको आन्दोलनमा गम्भिर घाइते भएका ब्यक्तिको परिचय खुलेको छ । उनी डडेलधुराका २७ वर्षीय हेमराज अवस्थी भएको खुलेको हो । उनलाई टाउकोमा गम्भिर चोट लागेको थियो । सुरुमा बानेश्वरकै एभरेष्ट अस्पतालमा भर्ना गरिएका उनको अवस्था गम्भिर देखिएपछि ट्रमा सेन्टर पठाइएको थियो ।

तर त्यहाँ पनि उपचार सम्भव नभएपछि न्युरो अस्पताल लगिएको थियो । अन्नपूर्ण न्युरो अस्पताल रेफर गरिएका उनको शल्यकृया भएको छ । अहिले भेन्टिलेटरवाट उनलाई आइसीयुमा सारिएको छ । अवस्थीलाई शल्यकृयाका क्रममा ३ पाउण्ड र गत आवश्यक परेको थियो । उनको र गतको ग्रुप दुर्लभ मानिने ओ नेगेटिभ हो ।

शल्यकृया स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनलाई बचाउन एक जना प्रहरीले र गत दिएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार उनलाई आवश्यक पर्ने ३ पाउण्ड मध्य एक पाउण्ड रगत प्रहरीजवान समीनाथ यादवले दिएका हुन् । उनी प्रहरीको एक नम्बर गण नक्सालमा कार्यरत छन् । राति ९ बजे प्रहरी जवान यादवले रगत दिएका थिए ।

अवस्थी सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को कार्यकर्ता भएको खुलेको छ । काठमाडौंमा टीकाथलीमा बस्दै आएका उनी डडेलधुराको नवदुर्गा गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्